Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरोकारवालाहरुको सुझाबलाई सारथि बनाउँदै मन्थली नगर

नेपाल अभियान नेपाल अभियान
३ असार २०७९, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
43
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३ असार । लामो समय सम्म मन्थली माविको प्रअ पदमा रहेर काम गरि सक्नु भएका मन्थली नगरपालिका–२ का पुर्व शिक्षक गुन्ज बहादुर श्रेष्ठ आफुलाई मन्थली नगरपालिकाले बैठकमा बोलाएर सुझाब लिएकोमा खुशी छन् । नगरले आफ्ना निर्वाचित जन प्रतिनिधिहरुको रोहबरमा आफु र आफुजस्ता दर्जन अनुभबि र अगुवाहरुको भेला गराई सुझाब संकलन गरेकोमा उनलाई खुशी लागेको हो ।
सुझाब संकलनका लागि बोलाईएको बैठकमा उनी र उनी जस्ता धेरै अगुवाहरु पनि सहभागी भएर नगरको विकासका लागि सुझाब दिन पाउँदा खुसि पनि थिए । तर सुझाब कार्यान्वन हुने कुरामा पनि उनीहरु उत्तिकै ढुक्क पनि थिए । कार्यक्रमका सहभागीले नागरिक र जनप्रतिनिधिको सोझो सम्बन्ध कायम हुने गरी नीति कार्यक्रम बनाउन,गुणस्तरीय शिक्षा र स्वास्थ्य अनि सुशासनका औजारको बढि भन्दा बढि प्रयोग गर्दै सम्बृद्ध नगरको सपना साकार पार्न पनि सुझाव दिएका थिए ।

सम्बृद्ध र शुखी मन्थली नगरको नारालाई सार्थक बनाउन सकिने आधार सहित सबै बिधाको विकासमा ध्यान दिने निचोडमा पुगेको मन्थली नगरपालिकाले असार १० गते गर्न लागेको नगर परिषदबाट पारित गराउने गरी नगर भित्रका सबै सरोकारवाला संघ,संस्था र नागरिक अगुवाहरुको भेला गराई सुझाब संकलन गरेको थियो । उठेका सुझाबहरुलाई बुँदागत रुपमा टिपोट गरेको मन्थली नगरपालिकाले आफ्ना विभिन्न शाखा र उपशाखा मार्फत प्रतिबेदनका रुपमा तयारी गरी शुक्रबार सम्ममा कार्यालयलाई बुझाउन निर्देशन दिईसकेका मन्थली नगरका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले जानकारी दिनु भयो । अभियान्ता,अनुभवि र विज्ञहरुबाट संकलित सुझाब लाई सार्थक बनाउने तयारीका साथ काम गरी रहेको मन्थली नगरले उक्त प्रतिबेदनलाई एकिकृत गरी आन्तरिक रुपमा छलफल गर्ने भएको छ । छलफलको आधारमा तय भएका महत्वपुर्ण सबै विषय बस्तुहरुलाई विषयगत समितिको बैठकमा राखेर २÷३ दिन छलफल गरि आगामी असार ७ गते हुन लागेको कार्यपालिकाको बैठक मार्फत पारित गराउने जानकारी पनि पौैडेलले गराउनु भयो ।
जिल्ला सदरमुकाम भित्रको नगर भएकै कारण नगरको समग्र व्यबहार र विकासलाई फरक र समन्वयात्मक ढंगले अगाडि बढाउन सकियोस भनेर मन्थली नगरपालिकाले नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनु अघि नगर भित्रका सामाजिक अगुवा संस्थाका अगुवा र आफ्ना जन प्रतिनिधिहरु समेतको रोहबरमा सुझाव लिएर वाँकी काम गरी रहेको पनि नगरका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।
उहाले भन्नु भयो– नगरले आगामी अर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा सबै क्षेत्रका सबालहरु लाई समेट्न भन्दै नगरपालिकाले जिल्लाका नगरभित्रका सरोकारवाला निकायसँग छलफल गरी सुझाव लिएको हो । नगरको संबृद्धिका लागि नगरपालिकाले नीति तथा कार्यक्रम कस्तो बनाउनु पर्छ भन्ने बारेमा सरोकारवालासँग सुझाव लिएको र सोहि आधारमा आबश्यक तयारी भईरहेको छ ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सरोकारवालाहरुको अनुभब र सुझाबका आधारमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार तथा सामाजिक सुरक्षाको विकासलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम तयार गर्न लागेको बताउनुभयो । प्रमुख श्रेष्ठले छलफलमा आएका सुझावलाई सकेसम्म धेरै भन्दा धेरै यस वर्षको नीति कार्यक्रममा समेटिने बताउनुभयो । बाँकी कुरालाई पनि क्रमशः समावेश गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विगतमा मन्थली नगरपालिकामा भौतिक पूर्वाधार विकासका धेरै काम भैसकेकाले अब नगरपालिकाले गुणस्तरिय शिक्षा र स्वास्थ्य अनि आर्थिक,सामाजिक विकास तथा रोजगारीका क्षेत्रलाई प्राथमिकता दिएर आफ्ना रणनीति तयार गर्ने र कार्यपालिकाको बैठक मार्फत परिषदमा लैजाने पनि प्रमुख श्रेष्ठले जानकारी दिनुभयो

Share17Tweet11Share3

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३ असार २०७९, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ असार २०७९, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३ असार २०७९, शुक्रबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

३ असार २०७९, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

३ असार २०७९, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

३ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.