Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सर्वसाधरणको प्रश्न, जनप्रतिनिधिको जवाफ

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७६, सोमबार
in स्थानीय सरकार
0
65
SHARES
Share on FacebookShare on Twitter

२३ असार, २०७६

मन्थली- मन्थली नगरपालिका वडा नं ७ को कार्यालयले सोमबार चालु आर्थिक बर्ष २०७५÷७६ को बिकास निर्माणको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा अध्यक्ष शुदर्शन प्रसाइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा भित्र सञ्चालन भएका योजनाको बारेमा जानकारी गराइएको थियो । वडा मार्फत सञ्चालन भएका योजनाहरुको बारेमा नागरिकहरुले सोधेको प्रश्नको जवाफ अध्यक्ष प्रसाइलेनै दिनुभएको थियो ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चालु आर्थिक बर्ष भित्र सम्पन्न भएका ४३ वटा योजनाहरुको अहिलेको अबस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।
सहभागिहरुले सोधेको जिज्ञासामा अध्यक्ष प्रसाइले कुनै पनि योजनामा भ्रष्टाचार र अनियमितता भएको पाइए आफू जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बतउनुभयो ।

जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिबिर

वडाले सार्वजनिक कार्यक्रम सँगै वडामा भरका जेष्ठ नागरिकहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । शिबिरबाट दुई सय बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

उनीहरूलाई निःशुल्क उपचार सेवा सहित छाता र थर्मस प्रदान गरेर नगर प्रमुख रमेश बस्नेतले सम्मान गर्नुभएको थियो ।

ब्यवसायिक पशु पालक कृषकलाई क्यान बितरण

ब्यवसायिक पशुपालक कृषकलाई दुध बिक्रि गर्न तथा बजार सम्म लैजान सहज होस भन्ने उद्देश्यका साथ वडा कार्यालयले दुध राख्ने क्यान बितरण गरेको छ । वडा भित्र रहेका ७० जना ब्यवसायिक पशुपालक कृषकलाई नगर प्रमुख बस्नेतले क्यान बितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले अब ब्यवसायिक दुध उत्पादन गरी बिक्रि बितरण गर्ने कृषकलाई प्रति लिटर १ रुपैयाका दरले नगरपालिकाले रकम थप गरिदिने बताउनु भयो ।

स्वस्थ आमा र शिशु पनि पुरस्कृत

वडा कार्यालयले २ बर्ष मुनीका बच्चाहरुको पोषण अबस्थाको लेखाजोखा गरी स्वस्थ बच्चाहरुको छनौट पश्चात प्रथम द्धितिय र तृतिय हुने आमा र शिसुलाई पुरस्कृत गरेको छ । सरी पुस्कृत हुनेहरुमा प्रथम, द्धितिय र तृतिय क्रमश चरिमाया तमाङ, दुर्गा माझी र कबिता श्रेष्ठ रहेका छन् । उनीहरूलाई पनि नगर प्रमुख बस्नेतले पुरस्कार बितरण गर्नुभएको छ । वडाभरबाट स्थानीय स्वास्थ संस्थामा ल्याइएका ३९ जना शिशुहरु मध्येबाट प्रथम, द्धितिय र तृतिय छनौट गरिएको हो । पोषण परिक्षणमा सहभागि सबै आमा र सिशुलाई सहभागिताको पुरस्कारको समेत ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला नेता दिपकराज प्रसाई, नेपाल पत्रकार महासघका अध्यक्ष रमेश ढुंगेल, नगर कार्यपालिकाका सदस्य द्धय निर्माण माझी र श्री बहादुर माझी लगाएतले अरु वडाले गर्न नसकेको काम वडा नं ७ ले गरेको हुँदा यो सिकाइ नगरपालिकाका सबै वडाले गर्नु पर्ने कुरालाई जोड दिए ।

Share26Tweet16Share5

Related Posts

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२३ असार २०७६, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२३ असार २०७६, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

२३ असार २०७६, सोमबार
सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 
देश

सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 

२३ असार २०७६, सोमबार
वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर
देश

वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर

२३ असार २०७६, सोमबार
शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 
देश

शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 

२३ असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.