रामेछाप,२९ फागुन । यहि चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी यूनिनको निर्वाचनको सरगर्मी मन्थलीको सहिद स्मृति वहुमुखी क्याम्पसमा पनि बढेको छ ।
त्रिभुवन बिश्वविद्यालय स्व वि यू निर्वाचन तालिका अनुसार सोमावर अन्तिम नामावली प्रकाशन गरिएको छ । नामावली अनुसार नेविसंघ र अखिल क्रान्तिकारी सहितको गठबन्धन बाट अविनाश कार्कीको अध्यक्षतामा र एमाले को भतृ संस्था अनेरास्ववियू को तर्फबाट पुश्कर भट्टराइको अध्यक्षतामा ८÷८ सदस्यिय छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यसरी गठबन्धको तर्फबाट उमेद्वारी दिनेहरुमा सचिब कोषाध्यक्ष र सदस्यहरुमा क्रमश तेज बहादुर श्रेष्ठ,कविता खरेल,अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी,बिनोदकुमार माझी, बिनिता माझी रहेका छन् भने अनेरास्ववियूको प्यानलमा सचिब र कोषाध्यक्षमा सुशिल थापा र विनिता श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा सुदिप कार्की, रबिना श्रेष्ठ, अनिल श्रेष्ठ, अनिषा घिमिरे र सोमहरी घिमिरे रहेका छन् । चुनवमा होमिएका बिद्यार्थी नेताहरु चुनावी प्रचार अभियानमा निस्किएका छन् । दुबै पक्षले आ आफ्नो प्यानलको जित हुने दावी गरेका छन् । निर्वाचन तालिका अनुसार चैत्र ५ गते विहान ८ बजे देखि ४ बजे सम्म मतदान हुने छ ।
यो बारेमा तपाईको प्रतिकृया