Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अवरुद्ध मन्थली खुर्काेट सडक आज पनि खुलेन, चाँडै खुलाउन जुटे मेयर

बद्री नयाँघरे बद्री नयाँघरे
२८ असार २०७६, शनिबार
in समाचार
0
1.9k
SHARES
Share on FacebookShare on Twitter

२८ असार, २०७६

मन्थली- तीन दिन देखि अवरुद्ध मन्थली खुर्कोट सडक आज पनि खुल्न सकेको छैन् । सडक खुल्न नसक्दा मन्थलीबाट काठमाडौ र काठमाडौबाट मन्थलीका लागि छुटेका सबै यातायातका साधन बीच बाटोमानै अलपत्र परेका छन् । जसका कारण यात्रीहरु समेत संकटमा परेका छन् । वर्षादले सडक अवरुद्ध भएपछि त्यसको निकासका लागि मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत आफै अवरुद्ध सडकमा खट्नु भएको छ ।

तीन दिन देखि परेको अविरल वर्षादले मन्थली सेलघाट सडक आसपासको ठाउँमा पहिरो गएको र सडकमा थुप्रेर बसेको ढुङ्गा माटो हटाउनका लागि मन्थली नगरपालीकाले उक्त क्षेत्रमा ३ वटा डोजरले काम गरि रहेको मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार करिव १३ किलो मिटर सडकको बिचमा दर्जनौ ठाउँमा पहिरो गएकोले उक्त अवरोध हटाउने कामलाई निरन्तरता दिएको र आईतवार सम्ममा सडक खुल्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
वर्षादले शुकाजोर कजवेय देखि सेलेघाट सम्मको भागमा ठाउँ ठाउँमा पहिरिएको छ भने सडकको तल्लो भाग पनि चर्किएकाले थप समस्या आउन सक्ने अवस्था भएको यात्रीहरुले बताएका छन् ।

हात्तीटारमा अलपत्र सवारीसाधन मन्थली फर्काइयो

पहिरोका कारण मन्थलीको मन्थली खुर्काेट सडकखण्ड अन्तरगत हात्तीटारमा अलपत्र परेका यात्रुबहाक सवारी तथा मालबहाक ट्रकहरुलाई अस्थाई रुपमा पहिरो पन्छाएर मन्थली ल्याइएको छ ।

मन्थली तर्फबाट गएका सबै यातायातका साधनलाई शनिबार साँझ हात्तीटारबाट मन्थलीमा सुरक्षित ल्याइएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिनुभयो । उहाँले हाललाई उक्त सडक खण्डमा सवारीसाधन प्रयोग गरी यात्र नगर्न आग्रह समेत गर्नुभएको छ । मन्थली नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगाएतको टोली शुक्रवार बिाहानै देखी सडक खुलाउने प्रयासमा जुटेको थिए ।
खुर्काेटको पुल नजिकैको पाखाबाट झरेको ढुँगा फुटाउनु पर्ने र त्यसको लागि व्रेकर मेसिननै आवश्यक्ता पर्ने भएकोले नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतको सहयोगमा भकुन्डेवेसीबाट मेसिन ल्याएर ढुङ्गो फुटाए पछि मात्रै सडक खुल्ने बताइएको छ । आज साँझ सम्म मेसिन आईपुग्ने र भोलिबाट सडक सुचारु हुन सक्ने प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले बताउनुभयो ।

बाढीले मन्थलीको पुल र आसपासको बस्ती नै जोखिममा

सडक अवरुद्ध संगै स्थानीय रणजोर खोलामा आएको बाढीले मन्थलीको पक्की पुल र पुल आसपासको नयाँ बस्तीनै जोखिममा परेको छ । खोलाले मुख्य सडकनै भत्काउन लागेपछि मन्थली नगरपालीकाका मेयर रमेश बस्नेत आफै स्काईभेटरले खोला पन्छाउने काममा लागि रहनुभएको छ । तीन दिन देखिनै सडकको अबरोध हटाउने काममा तल्लीन रहेको मेयर बस्नेतका अनुसार सडकको अवरुद्ध हटाउन र खोलाको बाढी अनियन्त्रित हुँदा नगरपालिकालाई त्यसको ब्यवस्थापन गर्न पनि समस्या भएको र दुबै समस्यालाई सहज रुपमा समाधान गराउन पनि आफू स्थलगत रुपमानै जुटेको उहाँको भनाई छ ।

सुरक्षित रहन प्रशासनको आग्रह

यसैबीच अबिरल बर्षासँगै आएको पानीको कारण हुन सक्ने सम्भाबित विपत्तलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला रेडक्रस सोसाईटीसँगको समन्वयमा जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । जिल्लमा सम्भावित विपत्तबाट हुन सक्ने खतरालाई मध्यनजर गरी सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रकोप व्यवस्थापन समितिले सम्भावित विपत्तका घटनालाई मध्यनजर गरी रामेछापको आठ वटै स्थानीय तहमा दुई/दुई सय त्रिपाल र एक/एक सय कम्बल पठाइएको जानकारी गराएको छ । त्यसै गरी प्रशासनले अविरल बर्षापछि आउँसक्ने सम्भावित दुर्घटनाबाट सुरक्षित भएर बस्न आग्रह गरेको र बिपत्त आईपरे जिल्ला प्रशासन नजिकको प्रहरी, पालिका लगायतका जिम्मेवार निकायसँग सम्पर्क गर्न पनि जिल्ला बासीलाई आग्रह गरीएको प्रजिअ केसिले जानकारी दिनुभयो ।

Share1874Tweet29Share8

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ असार २०७६, शनिबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२८ असार २०७६, शनिबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२८ असार २०७६, शनिबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२८ असार २०७६, शनिबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२८ असार २०७६, शनिबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२८ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.