२९ असार, २०७६
मन्थली– तीन दिन देखि अवरुद्ध मन्थली खुर्कोट सडक आइतबार साँझबाट खुलेको छ । मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय रामेछापको तीन दिन देखिको प्रयास आज सफल भएको हो । तीन दिन देखि अवरुद्ध सडक आज साँझाबाट खुलेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
सडक खुले सँगै मन्थली खुर्कोट सडक हुँदै गुड्ने सवारीसाधन सहज रुपमा आवतजावत गर्न सक्ने भएका छन् । सडक खुल्न नसकेपछि आईतवार दिउँसो अबेर सम्म मन्थलीबाट काठमाडौ र काठमाडौबाट मन्थलीका लागि छुट्ने सबै यातायातका साधन चरिकोट खाडीचउर हुँदै आवतजावत गरेका थिए । अविरल वर्षाका कारण सो सडक अवरुद्ध भएपछि खुलाउन मन्थली नगरपालिकाका नगर प्रमुख आफै खट्नु भएको थियो ।
सडक खुले सँगै दिउँसोको समयमा सवारी साधानहरु सहज रुपमा चलाउन सकिने भए पनि रातीको समयमा भने उक्त सडकमा सवारीसाधान नचलाउन रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेल आग्रह गर्नुभएको छ ।
यो बारेमा तपाईको प्रतिकृया