३० असार, २०७६
रामेछाप – असार ३१ गते मध्यरातमा करिब तीन घण्टे खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने छ । सूर्य, पृथ्वी र चन्द्रमा सीधा रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र खण्डग्रास ग्रहण लाग्छ ।
यो खण्डग्रास कर्कट, तुला, कुम्भ तथा मीन राशि भएका व्यक्तिहरूलाई शुभ छ । चन्द्रग्रहणको बेलामा गर्भवती महिलाहरू घरबाहिर निस्कन नहुने¸ सियो वा तीखो चीज चलाउन नहुने ¸ ग्रहणका बेलामा मलमूत्र त्याग गर्न नहुने¸ यौनकर्म लगायतका कार्य गर्न हुँदैन । चन्द्रग्रहणका बेलामा मानिसले मनमनै भगवानको स्मरण गर्न सकिन्छ ।
यो बारेमा तपाईको प्रतिकृया