रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेशको अध्यक्षमा रामेछापकी सुनिता गौतम चयन भएकी छन् । शनिवार सम्पन्न संघको प्रथम सम्मेलनबाट नेतृ गौतम अध्यक्ष पदमा सर्वसम्मत चयन भएकि हुन् ।

जनयुद्धको समय देखिनै पार्टिमा योगदान पुयाएकि गौतम पार्टि भित्र क्रान्तिकारी धारकि नेताकी रुपमा पनि परिचित छिन् । नेतृ गौतम् माओवादी केन्द्रको वाहालवाला केन्द्रीय सदस्य समेत हुन् । अधिवेशनले गौतमको नेतृत्वमा १ सय ७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको जानकारी पनि माओवादी केन्द्रले गराएको छ ।
जसको उपाध्यक्षमा कल्पना रिमाल, दिपा बोहोरा र लक्ष्मी माझी चयन भएका छन् । भने, सचिवमा अनिता कार्की (ढोली) चयन भएकी छन् । सह–सचिवमा दिपा कँडेल, अम्बिका लामिछाने र अम्बिका नेपालर संघको कोषाध्यक्षमा सृजना थिङ्ग चयन भएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया