३१ असार, २०७६
रामेछाप- जिल्ला अदालत रामेछापमा यस वर्ष गतवर्षको भन्दा बढि मुद्दा परेका छन् । जिल्ला अदालत रामेछापले मंगलबार पत्रकार सम्मेलन गरी गत वर्ष भन्दा यस वर्ष ४१.२९ प्रतिशतले मुद्दा वृद्धि भएको बताएको छ । गत वर्ष २ सय ९४ मुद्दा रहेकोमा यस वर्ष ४ सय १९ मुद्दा दर्ता भएका छन् । अदालतका श्रेस्तेदार गेहेन्द्रराज रेग्मीका अनुसार यस वर्ष अदालतमा देवानी २ सय ६८, सरकारवादी फौज्दारी ९७, दुनियावादी फौज्दारी ५० ओटा मुद्दा परेका छन् ।
अदालतले यस वर्ष २ सय ३३ मुद्दा फैसला गर्ने लक्ष राखेकोमा २ सय ८५ मुद्दा फर्छौँट गर्न सफल भएको जानकारी गराईएको छ । यस अवधिमा अदालतबाट जरुरी पक्राउ पूर्जि अनुमति ५४ वटा, पक्राउ अनुमति ३१ वटा, म्याद थप १ सस ८४, दर्ता बिबाह ५, अधिकृत वरेसनामा ५ ओटा, कलडिटेल अनुमति ७४ तथा थुनछेक आदेश ७० वटा जारी भएका छन् ।
२०७५ भदौ यता सम्बन्ध विच्छेदका मुद्दामा पनि वृद्धि
भदौ यता अदालतमा सम्बन्ध विच्छेदका मुद्दामा पनि बृद्धि भएको छ । भदौ अघि २३ थान मुद्दा दर्ता भएका थिए । भदौ एकबाट नयाँ देवानी संहिता कार्यान्वयनमा आएपछि ९५ वटा विच्छेदका मुद्दा दर्ता भएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया