रामेछाप,१६ वैशाख । रामेछापका पत्रकारहरू प्रविधिसँग जुधिरहेका छन् ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश र जिल्ला शाखा रामेछापको आयोजना तथा मन्थली नगरपालिकाको सहयोगमा शुक्रवार देखि शिक्षा र स्वास्थ्यमा अनलाइन पत्रकारिता तालिम सुरु भएपछि उनीहरू वर्तमान प्रविधिसँग जुधिरहेका हुन् ।
विशेषगरी पछिल्लो समयमा अनलाइनको माग बढ्दै गएपछि यहाँका पत्रकारहरूले पनि मागलाई आपूर्ति गर्न वर्तमान समयमा भित्रिएका विभिन्न प्रविधिहरू सँग जुधिरहेका छन् ।
प्रविधि सँगको ज्ञान, सिप र धारणाको विकास गरी पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउने उद्देश्यका साथ मन्थली नगरपालिका र पत्रकार महासङ्घ बागमती प्रदेशले तालिमका लागि आवश्यक सहयोग गरेको हो ।
तालिम मङ्गलवार सम्म चल्ने बताइएको सो तालिममा पत्रकार के पी ढुङ्गानाले सहजीकरण गरिरहनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया