रामेछाप,२२ वैशाख । ट्रेड युनियन काँग्रेस रामेछापको नवौ जिल्ला अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निविर्रोध चयन गरेको छ ।

यसरी निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष सेवा तर्फ डोर बहादुर श्रेष्ठ, उपाध्यक्ष खुल्ला तर्फ रमिता राई, उपाध्यक्ष महिला तर्फ मेनुका महत र उपाध्यक्ष स्वरोजगार तर्फ कविता थापा रहनुभएको छ । त्यसैगरी सचिवमा मोतीलाल लामा र सह–सचिवमा सन्जल घिसिङ र सविना पौडेल रहन भएको छ । केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष पूर्ण बहादुर सुवेदी चयन हुनु भएको छ भने प्रदेश प्रतिनिधिहरुमा नीराजन लामा रमेश ढुङ्गेल,अप्रिल अधिकारी लगायत रहनुभएको छ ।
ट्रेड युनियन काँग्रेसका अध्यक्ष पूर्ण सुवेदीका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन संघिय सांसद एवं नेपाली काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै सांसद तामाङले ट्रेड युनियन काँग्रेसको संस्थागत विकासका लागि आफू सधैँ सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया