Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँघुटारमा छिनभरमै खरानी भयो बस्ने घर सँगै करोडौको धनमाल (भिडियो सहित)

बद्री नयाँघरे बद्री नयाँघरे
१० श्रावण २०७६, शुक्रबार
in समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

१० साउन, २०७६

साँघुटार- रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा बिहिबार बिहान करिब साँढे ८ बजेको समयमा एउटा घरबाट एक्कासी ठूलो आगो मुस्लो निस्कियो । आगो निस्कने बित्तिकै उक्त घर आसपासका स्थानीयहरु जम्मा भए । उनीहरु जम्मा भइसक्दा आगोको मुस्लो निकै ठूलो भइसकेको थियो । आगो नियन्त्रणमाको लागि धेरै मानिसहरु  भए पनि तत्काल नियन्त्रणमा लिन सकेनन् । आगो नियन्त्रणमा नआए पछि पछि नजिकै रहेका घर सम्म आगो फैलियो र सँगै रहेका तीन ओट घर पनि जलेर नष्ट भए ।

सुरुमा आगो निस्केको प्रीफ्याबको घर, सँगै रहेका दुई ओटा टहरा र एक पक्की घर सहित ४ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । सिंहदेवी निर्माण सेवाको स्टोर रहेको प्रीफ्याबको घरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर, राजन सुवेदीको प्रीफ्याबको घर, अमिष मगर र हरीमायाँ मगरको घर जलेर नष्ट भएको वडा नं. ३ का वडा अध्यक्ष भुपल श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युतको लाइन सर्ट भएर आगलागी भएको आसंका 

विद्युतको लाइन सर्ट भएर आगलागी भएको पीडित पक्षले दाबी गरेका छन् । साँघुटार प्रहरी र स्थानीयको सक्रियतामा विहान ११ बजे मात्रै नियन्त्रणमा आएको आगलागीको कारण खुलेको छैन् ।धेरै व्यक्तीहरुले आगो लाग्नुमा आ-आफ्नै अड्कलबाजी गरेका छन् । उता नेपाल विद्युत प्राधिकरण रामेछापले भने विद्युत सर्ट भएर आगलागी भएको भनिए पनि त्यो सत्यता नभएको दाबी गरेको छ ।

साँढे दुई घण्टामै सकियो २ करोड ८८ लाख ३२ हजारको धनमाल 

प्रहरीको प्रारम्भिक तथ्यांक अनुसार २ करोड ८८ लाख ३२ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि घर भित्र भएका सबै सामग्री सँगै त्यही घरमा रहेको कपडा पसल र मोटरसाइकल वर्कसवका सामाग्री सबै जलेर नष्ट भएको वडा अध्यक्ष भुपल श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट अंकित श्रेष्ठ र राजन सुवेदीको घरमा बढी क्षेति पुगेको पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ज्वालनशिल पदार्थ घरभित्र राख्दा धेरै क्षति 

वडा अध्यक्ष श्रेष्ठले गोदाममा अति ज्वालनशिल पदार्थ ग्यास, पेट्रोल र डिजेल समेत रहेकोले आगो नियन्त्रणमा लिन नसक्दा अरु घरमा समेत क्षेति पुगेको बताउनुभयो । बजार क्षेत्रमा नजिक-नजिक घर भएको ठाउँमा प्रज्वलनशिल पदार्थ राख्नु गलत भएको स्थानीयहरुले बताएका छन् । त्यो घरमा प्रज्वलनशिल पदार्थ नराखेको भए आगोलाई नियन्त्रणमा लिन सजिलो हुने र अरू घरमा आगो नफैलने स्थानीयवासीको भनाई रहेको छ ।

घर पुनर्निमाण गरिदिन पीडितको माग 

आगलागी पीडित अंकित श्रेष्ठले आगलागीबाट ठूलो क्षेति भएको र घर पुनर्निमाणको लागि नगरपालिकाले सहयोग गर्नु पर्ने माग राख्नुभएको छ । नगरपालिकाले तत्काल राहत हुनेगरी केही व्यवस्थापन गर्ने र पूर्ण रुपमा घर जलेर नष्ट भएका परिवारलाई पुनर्निमाणमा सहयोग गर्ने गरी नगरपालिकाले निर्णय गर्ने रामेछापकी उपप्रमुख सिर्जना खड्काले आश्वासन दिनुभयो । 

त्यसैगरी जिल्ला विपद व्यवस्थापन समिति रामेछापको संयोजक समेत रहनुभएकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्ला प्रशासन कार्यालयले तत्काल बस्नलाई सहयोग होस भन्ने उद्देश्यका साथ घटनास्थलमानै पुगेर पीडित परिवारलाई प्रतिव्यक्ति दश हजारका दरले सहयोग गरेको बताउनुभयो । आगलागीबाट भएको क्षतिको विवरण पनि आइसकेकाले थप राहतको लागि केन्द्रमा पठाउने पनि प्रजिअ केसीले बताउनुभयो । आगो के कारणले लाग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो । 

नगरपालिकाले घटनास्थलमै पुगेर गर्‍यो सहयोग

पूर्ण रुपमा घर जलेर क्षति पुगेका ४ परिवार र अन्य कोठा भाडामा बस्ने ३ परिवारलाई रामेछाप नगरपालिकाले खाध्यान्नका सामान, पकाउने भाडा, ग्यास सेट, लगाउने कपडा २१ जनालाई¸ ७ परिवारलाई १० सेट कम्बल¸ डस्ना¸झुल लगायतको सामाग्री उपलब्ध गराएको छ । तसैगरी तत्काल बसोबासको लागि ७ परिवारलाइ प्रति परिवारका दुई हजारका दरले १ महिनाको कोठा भाडा दिने र उद्दारका क्रममा घाईते सुमन खत्रिलाई उपचार खर्च बापत पाँच हजार दिएको छ ।

विभिन्न राजनीतिक दलहरुबाट घटना प्रति दुख व्यक्त

करोडौको धनमाल क्षेति हुने गरी लागेको चार घरपरिवारलाई घरबिहिन बनाए पछि जिल्ला स्थित राजनीतिक दलका नेताहरुले पनि घटना प्रति घटनास्थमै पुगरे सहयोग सँगै दुख व्यक्त गरेका छन् । बिहिबार दिउसो पूर्व सांसद देबशंकर पौडेल¸संविधान सभा सदस्य तारानारायण श्रेष्ठ¸३ नं प्रदेश रामेछाप क का सांसद शान्ती पौडेल¸ नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ¸नेपाली काग्रेसका सचिब लेख बहादुर कार्कीले घटना स्थलमै पुगेर दुख व्यक्त गरेका छन् । उनीहरुले पीडित परिवारलाई राहात पुग्नेगरी आ-आफ्नो ठाउँबाट सहयो गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

त्यसैगरी तत्कालका लागि पीडितलाई रहात स्वरुप घटनास्थलमै पुगेर नेपाल रेडक्रस सोसाइट रामेछापले घरयासी सामाग्री र नेकपा रामेछाप नगर कमिटीले ४९ हजार नगद सहयोग गरेको छ ।

यस्तो छ आगलागी पछिको अवस्था भिडियो :

Share25Tweet16Share4

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१० श्रावण २०७६, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१० श्रावण २०७६, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१० श्रावण २०७६, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१० श्रावण २०७६, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१० श्रावण २०७६, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१० श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.