१९ साउन, २०७६
मन्थली- गिरिजा प्रसाद कोइराला फाउण्डेशन मन्थली नगरपालिकाले २१ सदसिय कार्यसमिति बनाएर फाउण्डेशनलाई पूर्णता दिएको छ । शनिबार फाउण्डेशनका नगर अध्यक्ष जनक खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारी सहित २० जनालाई मनोनित गरि पूर्णता दिएको हो । नगर अध्यक्ष खत्रीलाई भने यस अघि नै फाउण्डेशनका जिल्ला अध्यक्ष दीपक खड्काले नियुक्ती गर्नुभएको थियो ।
२१ सदसिय कार्यसमितिको उपाध्यक्षमा माधव कुमार कार्की, सचिब सानोबाबु पुरी, सह–सचिब कृष्ण बहादुर थापामगर, कोषाध्यक्ष लक्ष्मीदेबी सुवेदी, सदस्यहरु भद्रमाया पुलामी, रुपा महत, विर बहादुर खड्का, कुमार श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्णहरी खत्री, ध्रुव कार्की, भेष बहादुर थापा, राम बहादुर माझी, श्रीधर घिमिरे, कर्मन तामाङ, कुमार कार्की, प्रेम तामाङ, दिनेश खत्री, कल्पु गिरी र कान्छीमाया तामाङ रहेका छन् ।
मनोनित सदस्यहरुमा नगर भित्रका १४ ओटै वडाका एक-एक जनालाई अनिवार्य समेटिएको फाउण्डेशनका नगर अध्यक्ष जनक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटा वडाबाट मनोनित गरिएका सदस्यहरु नै वडा संयोजक रहने छन् ।
समिति गठन पछि अन्तरक्रिया कार्यक्रममा बोल्दै फाउण्डेशनका जिल्ला अध्यक्ष दीपक खड्काले फाउण्डेशनको विधानमा व्यवस्था भए अनुसार स्थानीय तह सम्म समितिहरु विस्तार गर्ने कार्यलाई तिब्रता दिएको बताउनुभयो । उहाँले स्व. गिरिजा प्रसाद कोइरालाले राष्ट्रिय राजनीतिबाट समाज सेवामा खेल्नुभएको भूमिकाको बारेमा चर्चा गर्दै अहिले सत्तामा रहेका र कोइरालाकै विचारलाई लिएर हिड्नेहरुले समेत विर्सिएको अरोप लगाउँदै उहाँले विकासमा देखाएको बाटोलाई फाउण्डेशनले उजागर गर्दै जाने बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया