मन्थली,१६ भदौ । नेवारी समुदायले यस वर्ष देखि मन्थलीमा आफ्नो सस्कृति अनुसारको गाइजात्रा पर्व मनाउन लागेको छ । यहि भाद्र १४ गते विहिवार देखि सुरु गरिएको उक्त गाइजात्रा पर्व २१ गते विहिवार सम्मनै सञ्चालन हुने नेवा खलः रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठले जानकारी दिनुभयो ।

जनै पुर्णिमाको दिन देखि आफ्ना परिवारमा १ वर्षको अबधि भित्र मृत्यू भएका आफन्तको तस्वीर राखी बजार परिक्रमा गर्ने बाट सूरु भएको गाइजात्रा, लागे नाच, नेवारी नाच लगएतका नाचहरु सहित विभिध कार्यक्रमहरु गरि पर्व मनाइदै छ । शनिवार रोपाई जात्रा गर्नुका साथै अन्य सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिएको थियो । २१ गते विहिबार कंस (लाखे) लाई कृष्णले मारेपछि भने गाइजात्रा समाप्त हुने छ ।
यो बारेमा तपाईको प्रतिकृया