मन्थली,१७ भदौ । रामेछापको मन्थली नगरपालिकाको वडा नं १ को वजार क्षेत्रमा दोस्रो चरणको सडक बत्ति राख्ने काम भैरहेको छ । बत्ति जडान गर्न मजदुरहरु सकृय रहेका छन् । यस अघि मन्थली वजारको मुख्य सडका बत्ति राखिएको भएपनि दोस्रो चरणमा रिङ रोड को शाखा सडककमा बत्ति जडानको काम भैरहेको छ । अहिले दोवकोटाचोक देखि जिल्ला प्रहरी कार्यालय हुँदै वसपारर्क र हाटेचउर क्षेत्रमा धमाधम जडान भैरेहेको छ तर स्थानीयले अझै बिस्तार गर्न नगर प्रमुखलाई दवाव दिइरहेका छन् । बसपार्क र मदन आश्रित चोकमा एक एक वटा मास लाइट सहित २ सय भन्दा बढि सडक बत्तिको दुई महिना अघि बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गर्नु भएको थियो । मन्थली नगरपालिका सँगै पहिलो चरणमानै निर्देशकको गृह पालिका सुनापतिको बेथानमा पनि सडकबत्ति राखिएको थियो । दोस्रो चरणमा काम भैरहेको मन्थली वजार क्षेत्रमा ९७ वटा सडक बत्ति राख्ने योजना अनुसार काम भैरहेको निर्माण कार्यको जिम्मेवारी प्राप्त गर्नु भएका प्राविधिक अर्जुन पराजुलीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया