Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाका २५ सय छात्रालाई निशुःल्क स्यानिटरी प्याड

नेपाल अभियान नेपाल अभियान
१२ भाद्र २०७६, बिहीबार
in समाचार
0
7
SHARES
Share on FacebookShare on Twitter

१३ भदौ, २०७६

रामेछाप- रामेछाप नगरपालिकाले आफ्नो नगर भित्र रहेका २५ सय छात्रालाई निशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । नगरभित्र संचालित विद्यालयहरुमा अध्ययनरत छात्रा विद्यार्थीहरुलाई महिनावरी भएको बेला प्रयोग गर्ने घरेलु स्यानिटरी प्याड बितरण गर्न थालेको छ ।
नगरपालिकाले वडा नम्बर १ मा रहेको गोठगाउँको चण्डेश्वरी मावि र वडा नम्बर ३ मा रहेको साँघुटारको हिमगंगा उमाविका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेर अभियानको सुरुवात गरेको हो ।

विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावरी भएको बेला भोग्नु परेको समस्यालाई ध्यानमा राखेर नगर भित्रका सबै विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा घरेलु स्यानिटरी प्याड वितरण गर्न थालिएको नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एक जना छात्राले एक वर्षमा कम्तिमा पनि तीन हजार बराबरको प्याड प्रयोग गर्छन्, सबै छात्राहरुसँग पैसा पनि हुँदैन जसको कारण पढाई नै छोडेर घरमा बस्न बाध्य हुन्छन्, एउटा प्याड लगाउन नपाउँदा विद्यालय नै छाड्नु पर्ने बाध्यता नहोस भनेर एक वर्षलाई पुग्ने प्याड वितरण गर्न लागेका छौँ यसले उनीहरुलाई थोरै भए पनि सहयोग पुग्छ ।’
नगरपालिकाका सबै माविहरुमा अध्ययनरत करिब २५ छात्राहरुलाई निशुःल्क रुपमा स्यानिटरी प्याड वितरण गरिने समेत उपप्रमुख खड्काले बताउनुभयो ।

नगरपालिकाले निशुल्क प्याड वितरण गरेसँगै घरमै बसेर उत्पादन गर्न सकिने घरेलु स्यानिटरी प्याड बनाउने महिलाहरुले पनि रोजगारी पाएका छन् । नगरपालिकाले यस अघि ९ ओटै वडाका १८ जना महिलाहरुलाई सहभागी गराई घरेलु स्यानिटरी प्याड बनउने तालिम दिएको थियो ।
स्थानीय स्तरमै उत्पादन गरिएको घरेलु स्यानिटरी प्याड पुनः सफा गरेर धेरै पटक प्रयोग गर्न सकिने भएकाले कम खर्चिलो हुने प्याड उत्पादनमा सहयोग गरेको ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभयो । स्थानीय स्तरमै उत्पादन गरिएको प्याड केमिकल रहित हुने हुँदा यसको प्रयोगले महिलाहरुलाई कुनै हानी नहुने स्त्री रोग विशेषज्ञहरुको भनाई रहेको छ ।

Share3Tweet2Share

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१२ भाद्र २०७६, बिहीबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१२ भाद्र २०७६, बिहीबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१२ भाद्र २०७६, बिहीबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१२ भाद्र २०७६, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१२ भाद्र २०७६, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१२ भाद्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.