१७ भदौ, २०७६
मन्थलीमा मन्थली महिला समुह परामर्श केन्द्रले आयोजना गरेको तीज बिशेष जनचेतनामुलक सास्कृतिक कार्यक्रममा उपस्थित भएका राष्ट्रिय स्तरका कलाकारहरुले तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेललाई छमछमी नचाएका छन् ।
नचेतनामुलक सास्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढुङ्गेलले भड्किलो तीज मनाउने कुरालाई निरुत्साहित गर्दै सामाजिक सदभाब बृद्धि गर्ने खालको चार्ड पर्व मनाउन सन्देश दिने खालको कार्यक्रम गर्ने जोसुकैलाई आफुले सहयोग गर्ने बताउनुभयो ।
महिला उद्यमी बनेर देखाउ, आत्म निर्भर भएर बाँचौ, सस्कृति जोगाउ, बिकृति हटाउ खर्च कम गरेर चार्ड पर्ब मनाउ भन्ने मूल नाराका साथ सोमबार आयोजना गरिएको कार्यक्रममा मन्त्री ढुंगेलले नारा अनुसारको काम गरेर देखाउन अनुरोध पनि गर्नुभएको छ ।केन्द्रकी अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख प्रेम बहादुर खड्काले यस्ता चेतनामुलक कार्यक्रमहरुले महिलाहरुको हक अधिकार का लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु नबराज घोरासैनी, सिता थापामगर माधब थापा लगाएतका राष्ट्रिय एबं स्थानीय स्तरका कलाकारहरुले चेतनामुलक दोहोरी गित, नृत्य, नाटक, तथा हास्यव्यङ्ग्य प्रस्तुत समेत देखाएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया