Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दश बुँदे सुनसरी घोषणा –पत्र जारी गर्दै सकियो प्रेस युनियनको बैठक

नेपाल अभियान नेपाल अभियान
१७ चैत्र २०८०, शनिबार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १७ चैत । नेपाल प्रेस युनियन केन्द्रीय समितिको शनिवार सुनसरीको इटहरीमा बसेको बैठक दश बुँदे सुनसरी घोषणा –पत्र जारी गर्दै सकिएको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न उक्त बैठकले गरेको निर्णय लाई घोषणा पत्रकार रुपमा जारी गरिएको हाे । महासचिब दिलिप पौडेल द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’मा जिल्ला शाखाहरू, प्रतिष्ठान शाखा, उपशाखा र प्रदेश समितिलाई परिचालित गरी प्रशिक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग भएको तर पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको साथै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियनले आग्रह गरेको कुरा उल्लेख गर्नुका साथै पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुनुपर्ने चेतावनी पनि युनियनले दिएको छ ।


बिज्ञप्तीमा भनिएको छ –नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक छ । संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँदै कुनै प्रकारका विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई युनियन आग्रह गर्दछ ।
बिज्ञप्तीमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन,न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित रहेको कुरा उल्लेख गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गरेको कुरा पनि उल्लेख गरीएको छ ।


त्यसैगरी सो बिज्ञप्तीमा सञ्चार माध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्र्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगारमुलक सञ्चार माध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न युनियन आग्रह गरेको र अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गारउन समेत युनियनले जोडदार माग गरेको र सञ्चार माध्यमहरुले पनि आचारसंहीता पालना गर्दै विश्वसनीय र जिम्मेवार कन्टेन्ट प्रकाशन तथा प्रशारणमा ध्यान दिन युनियनले आग्रह गरेको कुरा उल्लेख गरिएको छ । त्यसैगरी सञ्चारमाध्यममा सहभागिता र समावेशीतालाई जोड दिने र समाचार कन्टेन्टमा पनि विविधता ल्याउने गरी प्रोत्साहनको नीति ल्याउन नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।
त्यसैगरी बिज्ञप्तीमा समग्र सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमनसहित व्यक्तिगत तथ्यांक संरक्षण एवम् साइबर सुरक्षा र साइबर अपराध लगातयका विषयलाई नियमन नर्ग सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको कुरा उल्लेख गरिनुका साथै संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनियताको हक लगायत अनेकौँ मौलिक हक हनन हुने गरी र कयौँ अस्पष्टता सहित तयार उक्त विधेयक मस्यौदा तयार भएकाले यसतर्फ सचेत रहँदै संविधानप्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्न युनियन जोडदार माग गरेको कुरा पनि उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको साथै, आगामी चैत २७ गतेदेखि एक महिनासम्म चल्ने महाकुम्भ मेलामा सहभागी हुन र मेलाको आवश्यक प्रचारसमा सघाउन सञ्चारकर्र्मीलाई आग्रह गरेको कुरा पनि उल्लेख गरिएको छ ।

Share18Tweet11Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ चैत्र २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१७ चैत्र २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१७ चैत्र २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१७ चैत्र २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१७ चैत्र २०८०, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१७ चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.