Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाडादेवी गाउँपालिकामा पनि ओम शान्तिको ‘टच द लाईट’

नेपाल अभियान नेपाल अभियान
२८ भाद्र २०७६, शनिबार
in समाचार
0
189
SHARES
Share on FacebookShare on Twitter

२८ भदौ, २०७६

रामेछाप- जिल्लाका सबै स्थानीय निकायका विद्यालयलाई लक्षित गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, रामेछापले कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरुको लागि नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन गर्ने सन्दर्भमा खाँडादेवी गाउँपालिका अन्तर्गत श्री प्रयागेश्वर माध्यमिक विद्यालयमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको कोर्समा नैतिक शिक्षालाई कम प्राथमिकता दिदा बिद्यार्थीहरुमा नैतिक आचरण र अनुशासनमा कमी आइरहेको बेला केन्द्रले यस प्रकारको विद्यालय लक्षित उक्त कार्यक्रम संचालन गर्न लागेको जानकारी कार्यक्रमका अवसरमा ब्रह्माकुमार भरतकुमार श्रेष्ठले जानकारी गराउनु भयो । उहाँका अनुसार केन्द्रले संचालन गर्न लागेको कार्यक्रममा चालु शैक्षिक शत्रमा कक्षा ६ बाट प्रारम्भ गरी क्रमशः सोही बिद्यार्थीहरुलाई कक्षा ८ सम्म हप्तामा एक घण्टी मात्र पढाइने र उक्त प्रयोजनको लागि सेवा केन्द्रबाट तालिम प्राप्त ब्रह्माकुमार र ब्रह्माकुमारी परिचालन गर्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रम खाडादेवी गाउँ पालिकाका प्रमुख प्रेमबहादुर तामाङले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो । सो अवसरमा प्रमुख तामाङले आज समाजका हरेक क्षेत्रमा नैतिक मूल्यहरुमा कमी भइरहेको सन्दर्भमा खास गरी नैतिक आचरण बिकास गर्नको लागि उपयुक्त उमेर समूहका बिद्यार्थीहरुलाई छनौट गरी सोही अनुरुपको पाठ्यक्रम तयार गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गर्न लागेको यस अभियानको खुलेर प्रशंसा गर्नु भएको थियो । वहाँले यस खालको कार्यक्रमले बालबालिकाहरुमा नैतिक मूल्य मान्यताका विकास हुनुका साथै यसबाट समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा सार्थक बन्नमा समेत सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो । साथै यस खाले कार्यक्रमहरु क्रमशः खाडादेवी गाउँपालिकाका हरेक विद्यालयमा गरिने र जसको लागि पालिकाको तर्फबाट गर्नु पर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा खाडादेवी गाउँपालिका शिक्षा शाखाका प्रमुख रिपबहादुर खत्रीले बिद्यालयको समग्र शिक्षा प्रणाली सुधारको अभियानमा जुटिरहदा यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुको आचरण र अनुशासनमा सुधार ल्याउन थप टेवा पुग्ने कुराको उल्लेख गर्नुभयो । कार्यक्रममा ब्रह्माकुमारी बिष्णु दिदीले आजको भौतिकताको विकास चरमोत्कर्षमा अगाडि बढिरहेको तर मानवमा दिनानु दिन नैराश्यता, तनाव, अशान्ति बढिरहेको अवस्थामा ब्रह्माकुमारी राजयोग केन्द्रबाट प्रारम्भ हुने कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा ब्यक्त गर्नुभयो ।

सो अवसरमा प्रयागेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले बिद्यार्थीहरुको आचरण सुधार गरी र अनुशासन कायम गर्न मद्दत पुग्ने यस खालको आर्यक्रम समग्र गाउँ पालिका मध्ये आफ्नै विद्यालयबाट प्रारम्भ भएकोमा खुशी ब्यक्त गर्दै ब्रह्माकुमारी राजयोग केन्द्र प्रति आभार ब्यक्त गर्नु भयो । कार्यक्रमको अध्यक्षता गर्नु हुने ब्रह्माकुमारी सीता दिदीले संसारमा बढ्दै गएको हरेक प्रकारका समस्याहरुलाई समाधान गर्न राजयोग ध्यानको अपरिहार्यतामा जोड दिदै भोलिको सुन्दर समाज निर्माणको परिकल्पनालाई साकार पार्न आजै देखि बालबालिकाहरुलाई असल आचरण सिकाउनु पर्नेमा जोड दिनु भयो ।

Share109Tweet34Share9

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२८ भाद्र २०७६, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२८ भाद्र २०७६, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२८ भाद्र २०७६, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२८ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२८ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२८ भाद्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.