Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘दशैँको मौका छोप्ने गाडीहरु प्रहरीको नियन्त्रणमा हुन्छन्’ : डि.एस.पी. भट्टराई

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०७६, सोमबार
in समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter


३० भदौ, २०७६

मन्थली- रामेछापका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले दशैँको मौका छोपी यात्रु ठग्ने यात्रुबाहाक सवारीसाधनलाई सूचना पाउन साथ दशैभरी चल्न नदिने गरी बन्द गरिदिने चेतावनी दिनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दशैँ ताका यात्रुबाहक सवारीसाधनले विभिन्न बहानामा यात्रुलाई ठग्न सक्ने भएकाले त्यसको न्यूनिकरणको लागि सोमबार आयोजना गरेको ट्राफिक ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्यालयको दशैँ लक्षित योजना प्रस्तुत गर्दै यस्तो चेतावनी दिनुभएको हो । उहाँले जिल्लाको मुख्य–मुख्य ठाउँ सेलेघाट, सित्खा, खिम्ती, लुवुघाट, धोवी लगायतका प्रहरी इन्चार्जहरुलाई विभिन्न ठाउँमा जाने यात्रुबाहाक सवारीसाधनलाई चेकजाँचमा कडाई गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पूर्व सांसद देवशंकर पौडेलले आफ्नो क्यूमा नचल्ने, आफुखुसी यात्री चढाउदै हिड्ने सबै सवारीसाधनलाई सम्बन्धित निकायले कारबाहीको दायरमा ल्याउनु पर्ने माग राख्नुभयो । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाको ट्राफिक व्यवस्थापनको काम ट्राफिक प्रहरीले मात्रै गर्न नसक्ने भएकाले स्थानीय सरकार, आम नागरिक, सवारीसाधन धनी, सवारी चालक, यात्रु लगायतले नियमलाई पालन गरी आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले यात्रुहरुको सहजतालाई ध्यानमा राखेर मन्थली बजारको फुटपथमा देखिएको समधानको लागि केही समयबाटै सुधारको काम थाल्ने बताउनुभयो । त्यस्तै चाडपर्वलाई लक्षित गरी मन्थली नगरपालिकाले नगर क्षेत्रभिको सडकलाई सुधार गर्ने काम गरीरहेको जानकारी समेत प्रमुख बस्नेतले गराउनुभएको छ ।

त्यस्तै यातायात ब्यवसायि सहितको सर्बपक्षिय अन्तरक्रियामा जिल्ला ट्राफिक प्रमुख होम बहादुर भित्रिकोटीले जिल्लाभरीको ट्राफिक व्यवस्थापनको लागि सबै सरोकारवाला निकायहरुसँग समन्वय गरेर जाने योजनामा जिल्ला ट्राफिक कार्यालय रहेको जानकारी गराउनुभयो । अन्तरक्रिया कार्यक्रममा मन्थली–१ का वडाध्यक्ष नारायणदश श्रेष्ठ, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्की, उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापा, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका सदस्य बद्री नयाँघरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतले आफ्नो भनाई राख्दै ट्राफिक व्यवस्थापनमा देखिएका समस्या, चुनौती र समधानको लागि सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।

यातायात ब्यवसायिहरुले दशै तिहारमा नियमभित्रै रहेर नियमित रुपमा काउन्टर बाटनै यात्रुवाहक गाडीहरुको टिकट काटेर संचालन गरिने प्रतिबद्धता जनाएका छन् ।

Share32Tweet20Share6

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

३० भाद्र २०७६, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३० भाद्र २०७६, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३० भाद्र २०७६, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३० भाद्र २०७६, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३० भाद्र २०७६, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३० भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.