Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ११ जना व्यक्तिमा डेंगु भएको पुष्टी, सावधानी अपनाउन आग्रह

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०७६, बुधबार
in समाचार
0
350
SHARES
Share on FacebookShare on Twitter

१ असोज, २०७६

मन्थली- ६२ जिल्लामा डेंगुको संक्रमाण बढिरहेको बेला रामेछापमा पनि डेंगुबाट संक्रमित भएका ११ जना व्यक्तिहरु भेटिएका छन् । रामेछाप जिल्ला स्थायी घर भई काठमाण्डौका विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा उनीहरुमा डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका ११ जना व्यक्तिहरुमा संक्रमण भेटिएको भए पनि जिल्लामा डेंगुको संक्रमबाट बिरामी परेका ब्यक्तिहरु हाल सम्म नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले जानकारी दिनुभयो । ‘सबै जागौ सबै लागौ वरीपरी जमेको पानी हटाइ डेंगु भगाऔ’ भन्ने मूल नाराका साथ डेंगु ज्वरो नियन्त्रण सम्बन्धि एक दिने सचेतना मुलक अभियानका अबसरमा प्रमुख खनालले डेंगु ज्वरो पोथी प्रजातिको लामखुट्टेले टोक्दा आउने र लामखुट्टेले जमेको पानीमा फुल पार्ने र त्यस बाट बच्चा उत्पादन गर्ने भएकोले घरको १ सय मिटर वरीपरी पानी जम्न दिन नहुने बताउनुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै जिल्ला अस्पताल रामेछापका मेडिकल अफिसर डा. मबिन अर्यालले आखाको भाग, हातको जोर्नी र मांसपेशि दुख्ने, जिउमा डाबर देखिने भुमिट हुने जस्ता लक्षणहरु देखियो भने डेंगु ज्वरो हुन सक्ने सम्भावना भएकोले यस्ता लक्षणहरु देखिना साथ तुरुन्तै जनिकैको स्वास्थ्य केन्द्रमा परीक्षण गराईहाल्नु पर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रमका अबसरमा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जिल्ला स्वास्थ्य कार्यालयले सबै पालिकाका स्वास्थ्य प्रमुखहरुलाई आ–आफ्नो पालिकामा यस सँग सम्बन्धित जनचेतनाका लागि आबश्यक सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले विद्यालयका बिद्यार्थीहरु, सञ्चार माध्यम र समुदायिक प्रहरीलाई परिचालन एबं उपयोग गरी जनचेतनाका कार्यत्रमहरुलाई बृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्थली नगरापालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाले डेंगुको रोग लाग्नै नदिने र लागेपछिको उपचार गर्ने सम्बन्धि जनचेतनाको कार्यक्रम सुरु भैसकेको बताउनु भयो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा अमेरिकेयर्सको आर्थिक सहयोगमा भएको हो ।

Share333Tweet7Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१ आश्विन २०७६, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१ आश्विन २०७६, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१ आश्विन २०७६, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१ आश्विन २०७६, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१ आश्विन २०७६, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१ आश्विन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.