मन्थली,२४ साउन । नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ््नो २६ औं स्थापना दिवसको अबसर पारेर नेपाल अभियान मिडिया ग्रुप प्रा लि का अध्यक्ष बद्रि नयाँघरे सहित २ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

सो अबसरमा महासंघले अध्यक्ष नयाँघरे र कोशीस न्यूज की सम्पादक एबं नेपाल प्रेस युनियन की अध्यक्ष ज्ञानु श्रेष्ठलाई सम्मान गरेको हो ।
अध्यक्ष नयाँघरेलाई खोज पत्रकारीताको क्षेत्रमा उल्लेख्य समाचारहरु संकलन प्रकाश, र प्रशारण गरेको र सम्पादक श्रेष्ठ लाई आदिवासी जनजातिहरुको बारेमा बढि समाचार संकलन र प्रकाशन गरेको भन्दै प्रशंसा पत्र , नगद र दोसल्लाले सम्मान गरिएको थियो ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता एबं मन्थली नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा “पर्यटन प्रबद्र्धनमा पत्रकारहरुको भुमिका” बिषयक अन्तकृया कार्यक्रम समेत गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया