मन्थली,२५ कार्तिक । लामो विदा पछि खुलेका रामेछाप जिल्लाका दुई वटा विद्यालयहरुमा असोज कार्तिक महिनामा भएको बेमौसमी बार्षाका कारण क्षति पुगेछि पठन पाठन प्रभावित बनको छ ।
रामेछाप नगरपालिका वडा नं–५ मा रहेको शिवालय आधारभूत विद्यालय माझीगाँउ र खाँडादेवी गाँउपालिका वडा नं –७ मा रहेको मावि चोप्राङका विद्यालय भवनका कक्षा कोठाहरुमा क्षति पुगेका कारण ति विद्यालयहरुको पठन पाठन प्रभावित बनेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार –“माझीगाँउको आधारभूत विद्यालयमा सडक माथिको पहिरो बाट झरेको ठूलो ढुंगाले विद्यालय भवनको छानो सहित सबै कक्षाकोठाहरुमा क्षति पुगेको र मावि चोप्राङ्गमा भएका दुईवटा भवन मध्ये एउटा भवनको सडक दुइवटा कक्षकोठाहरु सडक तर्फ भासिएर पहिरिएका कारण क्षति पुगेर पठन पाठन गराउन अयोग्य भएका छन् ।”
ति बिद्यालयहरु मध्ये माझीगाँउको विद्यालय पूर्ण रुपमा क्षति भएका कारण हाल विद्यालय परिसको खुल्ला चउरमा पठन पाठन गराइने गरिएको छ ।
रामेछाप नगरपालिका, सेतो गुँरास राष्ट्रिय बाल विकास सेवा सहितको सहयोगमा ८ लाख ९३ हजार को लागतमा प्री फ्याव सहितको अस्थायी सिकाई केन्द्र निर्माण भैरहेको रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।
माझीगाँउको आ बि र चोप्राङ माविको क्षतिको विवरण सहित भवन निर्माण एबं मर्मतकाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठीमी भक्तपुर लाई अनुरोध पत्र लेखेर पठाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्राविधिक सहायक दिनेश नेपालीले बताउनुभयो ।
सडक माथि रहेको मावि चोप्राङको विद्यालय भवन सडक तर्फ पहिरिदा एउटा भवनको दुई वटा कक्षा कोठामा क्षति पुगेर कामै नलाग्ने भएपछि कहिले अर्को भवनको प्यासेज, छत र खुल्ला चउरमा राखेर पढाउन बाध्य हुनु परेको मावि चोप्राङका पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरे बताउनुहुन्छ ।
उहाले भन्नुभयो– “दश जोड दुई सम्म चलेको यो विद्यालयमा त्यसै पनि कक्षा कोठाहरु पर्याप्त थिएनन् । भुकम्प पछि आफ्नो र छिमेकी वडा र पालिकाहरुमा धेरै अधुनिक र सुबिधा सम्पन्न भवनहरु बने तर यहाँ बनेन् । फेरी असोज महिनामा भएको बेमौसमी बर्षाका कारण गएको पहिरोले हाम्रै बिद्यालयमा क्षति पुग्यो । आफुहरुले बिद्यालयको तर्फबाट खाँडादेवी गाँउ पालिका र शिक्षा विकास तथा समन्वय इकाई रामेछापका आबश्यक लिखित जानकारी गराइसकिएको छ ।”
उहाहरुले पहल गरेर नयाँ भवन वनाउने वा मर्मत गर्ने केही गर्नु भयो भने बिद्यार्थीहरुलाई सहज होला नत्र कठीनका साथ पढाउनु पर्ने बाध्यता भएको पनि घिमिरेले बताउनुभयो ।
उक्त घटनाको वारेमा जानकारी पाएपछि विपद ब्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्र्रमुख गजुरेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु एबं सम्बन्धित पालिकाका प्रमुख एबं प्रतिनिधि सहितको टोलीले उक्त क्षतिको अनुमगन गरी फर्केको थियो ।
उक्त अनुगमन पश्चात रामेछाप नगरपालिका ५ स्थित माझीगाँउको विद्यालय को अस्थायी भवन निर्माण हुन लागेको भएपनि मावि चोप्राङको क्षति भएको भवन को मर्मत तथा नयाँ निर्माणको कार्य अझै थालनी हुन सकेको छैन ।













यो बारेमा तपाईको प्रतिकृया