मन्थली, ११ फागुन । पाेखराबाट काठमाडौं आउँदै गरेको ग. २ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–चरौंदी नजिक चाइनाधाराबाट त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब सवा १ बजे उक्त बस त्रिशूलीमा खसेको हो। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाले मृतकमध्ये ४ महिला र १४ पुरुष रहेको र बसमा कति यात्रु सवार थिए भन्ने एकिन नभएकाे बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया