मन्थली- नेपाल लाइफ इन्सुरेन्स जिल्ला शाखा रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा आफ्ना अभिकर्ताहरुका लागि एक दिने क्षमता अभिबृद्धी तालिम दिईएको छ । कम्पनीले संस्थागत विकाससँगै व्यक्तिगत विकासका लागि तालिम उपयुक्त हुने बताएको छ । तालिममा रामेछाप र छिमेकी जिल्लामा रहेर काम गर्ने ५० जना अभिकर्ताको सहभागिता रहेको नेपाल लाईफ रामेछाप शाखाका शाखा प्रमुख राम खड्काले जानकारी दिनुभयो । शाखा प्रमुख राम खड्काले तालिम दिनुभएको थियो । सहभागीहरुले तालिम पश्चात बिजनेस बढाउनको लागि थप टेवा पुग्ने बताएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया