रामेछाप- रामेछापको मन्थली सवस्टेशनबाट विद्युत प्रवाह हुने ठाउँहरुमा सोमबार विहान देखि राती सम्म विद्युत अवरुद्ध हुने भएको छ । मन्थली सवस्टेशनमा रहेको ३ एम.भि.ए. पावर ट्रान्सफर्मर परिवर्तन गरी ६/८ एम.भि.ए. पावर ट्रान्सफर्मर जडान गरिने हुँदा विहान ६ बजे देखि राती १० बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीले बताएको छ ।
मन्थली वितरण केन्द्रबाट प्रवाह हुने रामेछाप नगरपालिका, लिखुतामाकोशी गाउँपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिकाको गाल्बा सम्म र ओखलढुङ्गाको केही ठाउँहरुमा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण रामेछाप प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । यस अघि मन्थली सवस्टेनबाट विद्युत प्रवाह हुने सुनपाती र दोरम्बा गाउँपालिकामा भने मन्थलीको सवस्टेशन तयार नभए सम्मका लागि अर्को स्टेशनबाट विद्युत प्रवाह हुने गरी व्यवस्था मिलाईको अधिकारीले बताउनुभयो । गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा जिरी सवस्टेशनबाट विद्युत प्रवाह भइरहेकाले त्यहाँ कुनै असर नपर्ने कार्यालय प्रमुख अधिकारीको भनाई रहेको छ ।
‘अब ग्राहकको माग अनुसार विद्युत दिन सकिन्छ’ : प्रमुख अधिकारी
जिल्लामा विभिन्न प्रयोजनको लागि ग्राहकले माग गरेजति विद्युत दिन नसक्दा गाली खेपीरहेको नेपाल विद्युत प्राधिकरण रामेछापले अबको केही दिन भित्रबाट भनेजति विद्युत दिन सक्ने भएको छ । जिल्लामा विद्युतको माग अत्याधिक बढ्दै गएकाले ट्रान्सफर्मरको क्षमता बढाएर ग्राहकको आवश्यकता अनुसार विद्युत दिईने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो–‘जिल्लामा हाइड्रपावर, ठूल–ठूला खानेपानी आयोजना, लगायतका औधोगिक क्षेत्रलाई भने जति विद्युत दिन सकिन्छ । अहिले जडान गरिने ट्रान्सफर्मरबाट अबको ३० वर्ष सम्म विद्युतको माग जति बढे पनि दिन सकिन्छ ।’
यो बारेमा तपाईको प्रतिकृया