रामेछाप- जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । नेकपाका नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिय बालिकालाई मंसिर २ गते बलात्कार गरेको उजुरीको आधरमा सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले बलात्कार गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटना कसैलाई पनि भनेकी थिइनन् । तर त्यस पछि पनि पटक–पटक बलात्कारको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् । पीडित परिवारले बालिकालाई बलात्कार गरेको भन्दै न्यायको लागि बाम्ती प्रहरी चौकीमा निवेदन दिएको र त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले सुनुवारलाई आइतबार साँझ उनको घरबाटै नियान्त्रणमा लिएको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरिएको समेत जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
यो बारेमा तपाईको प्रतिकृया