दुर्गा भुजेल,
काठमाण्डौ- भुजेल बिद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाहलमा भएको महाधिवेशनले ज्ञानु भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गा बहादुर भुजेल, महासचिवमा लक्ष्मी भुजेल, सचिवमा संगीता भुजेल¸ रिजन भुजेल र गोकुल भुजेल, कोषाध्यक्षमा बसन्त भुजेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्रमश कोपिला भुजेल, करुणा भुजेल¸ जीतबहादुर भुजेल, हरिकृष्ण भुजेल, सुवाष भुजेल र सुमित्रा भुजेल निर्वाचित चयन भएका छन् । नव निर्वाचित कार्यसमिती लाई निर्वाचन मण्डलका अध्यक्ष बुद्ध घर्तीले शपथ ग्रहण गराउनु भएको थियो ।
भुजेल बिद्यार्थी मञ्चको अध्यक्ष प्रकाश भुजेलको अध्यक्षता तथा भुजेल समाज सेवा समिति केन्द्रीय अध्यक्ष लोक बहादुर भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्य जातिय संस्था को प्रतिनिधि एबं ३५ जिल्ला भन्दा बढीबाट प्रतिनिधि परिबेक्षक लगायतको सहभागिता रहेको थियो । उद्घघाटन कार्यक्रम पछि भुजेल भाषामा निर्मित चलचित्र नि-प्हुगाल (हामी भुजेल) समेत प्रदशन गरिएको थियो । कार्यक्रम महासचिव नबराज भुजेलले सञ्चालन गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया