रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको माघ ५ गते हुने चुनाव निकै प्रतिस्पर्धात्माक हुने संकेत देखिएको छ । सोमबार अध्यक्ष पदका लागि रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे र निवर्तमान महासचिब जगन्नाथ दाहालले उम्मेद्वारी दर्ता गराएसंगै मतदाताहरुले अध्यक्ष सहित दुई समूहबीच कडा प्रतिस्पर्धा हुने अड्काल गर्न थालेका छन् ।
अध्यक्षका दुबै उम्मेद्वार लामो समय देखि वाणिज्यसंघको पदाधिकारी भित्रै रहेर गरेको र अहिले उनिहरुले विगतमा व्यवसायी हितको लागि कति काम गरे भन्ने मूल्यांकन गर्ने समय भएकाले कसले जित्छ भन्ने अनुमान लगाउन पनि कठिन भएको एक मतदाताले बताउनुभयो । विगतको कामलाई मूल्यांकन गर्दै आगामी दिनमा व्यवसायि हितको लागि कसले राम्रो एजेण्डा ल्याउँछ उसैलाई भोट दिने उहाँको भनाई रहेको छ । केशव प्रसाद घिमिरेको समूहमा अधिकासं उम्मेद्वार नयाँ अनुहार देखिएका छन् भने जगन्नाथ दाहालको समूहमा केही बाहेक यस अघि वाणिज्य संघको पदाधिकारी नै भइसकेका उम्मेद्वारहरु देखिएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया