रामेछाप– रामेछापको दोरम्बा गाउँपालिकामा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । दोरम्बा– ७ गुन्सीमा हरेको टावरमा सोमबार विहान करिव साढे दुई बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । आगजनीबाट तार र जेनेटरमा क्षति पुगेको उहाँले बताउनुभयो ।
रामेछापको दोरम्बा बाहेक अन्य ठाउँमा त्यस्तो घटना नभएको समेत प्रहरी प्रमुख पाठकको भनाई रहेको छ । घटनामा सरकारबाट प्रतिबन्दित विप्लव समूहको सलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।
यो बारेमा तपाईको प्रतिकृया