Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा दुई दिन देखि इन्टरनेट अबरुद्ध हुँदा हजारौ प्रयोगकर्ता मारमा, बन्ने निश्चित छैन्

बद्री नयाँघरे बद्री नयाँघरे
१४ माघ २०७६, मंगलवार
in समाचार
0
419
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापमा दुई दिन देखि इन्टरनेट सेवा अबरुद्ध हुँदा हजारौ प्रयोगकर्ताहरु मारमा परेका छन् । इन्टरनेट सेवाको प्रमुख माध्यमको रुपमा रहेको नेपाल टेलिकमको (एडिएसएल) इन्टरनेट सेवा सोमबार मध्यन्न देखि मंगलबार साँझ सम्म पनि नियमित अवरुद्ध भइरहँदा हजारौं प्रयोगकर्ताहरु मारमा परेका हुन् ।

नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरोध हुँदा सरकारी तथा गैर सरकारी कार्यालयको काम प्रभावित भएको छ । एडिएसएल सेवा बन्द हुँदा विशेष गरी वित्तीय संस्थाहरू, बैंकिङ सेवा बढी मारमा परेका छन् भने जिल्लामा रहेका संचार माध्यमहरु, नीजि कम्पनी लगायतका क्षेत्रलाई समेत इन्टरनेटबाट गर्नु पर्ने काममा समस्या आएको छ ।

इन्टरनेट किन नआएको ?, भन्ने प्रयोगकर्ताहरुको जिज्ञसामा नेपाल टेलिकमले केही समयमा आउँछ भन्ने जवाफ सोमबार देखि नै दिए पनि मंगलबार साँझ सम्म सेवा सुचारु नहुँदा सेवाग्राही नेपाल टेलिकमको सेवाप्रति थप आक्रोसित बनेका छन् ।

जिल्लाको ग्रामिण भेगबाट विभिन्न काम लिएर सदरमुकाम मन्थली आएका सयौँ नागरिक इन्टरनेटकै माध्यमबाट हुने काम नभएपछि कतिदिन इन्टरनेटलाई कुरेर बस्नु पर्ने हो भन्ने अन्यौलमा परेका छन् ।

दुई दिन देखि अबरुद्ध भएको इन्टरनेटको विषयमा अप्टिकल फाइबरमा दोललघाटको सुकुटेमा समस्या आएको र त्यसको मर्मत कार्य भइरहेको नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले बताउनुभयो । काठमाण्डौबाट धुलिखेल, लामासाँघु, चरिकोट हुँदै रामेछाप ल्याईएको फाइबरमा समस्या आएको उहाँको भनाई रहेको छ ।

उहाँले भन्नुभयो– ‘अप्टिकल फाइबरमा सिग्नल लस भएका कारण त्यस्तो समस्या आएको हो, समस्या आएको जानकारी पाएदेखि नै मर्मतको काम भइरहेको छ, त्यहाँ आवश्यक उपकरण अन्य ठाउँबाट झिकाएर जडन भइरहेको छ, यति समयमा बन्छ भनेर समय तोक्न नसके पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर चाँडै सेवा दिन्छौँ ।’

दुई दिन सम्म सेवा अबरुद्ध हुँदा ग्राहाकलाई घाटा भयो नी भन्ने हाम्रो जिज्ञसामा उहाँले भन्नुभयो– ‘ग्राहाकले पैसा तिरेको तर इन्टरनेट प्रयोग गर्न नपाएको भन्ने विषयमा हामी केन्द्रमा जानकारी गराउँछौ, ग्राहकलाई मर्क नपर्ने गरी पछि सेवा थपिदिन सकिन्छ ।’

रामेछाप नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरुद्ध भएको यो नै पहिलो घटना भने हैन् । यस्ता समस्या नियमित आइरहे पनि कार्यालयले दिगो समधानको उपाय नखोज्दा आफूहरुलाई मर्क पर्ने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

Share385Tweet14Share4

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

१४ माघ २०७६, मंगलवार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

१४ माघ २०७६, मंगलवार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

१४ माघ २०७६, मंगलवार
देश

१४ माघ २०७६, मंगलवार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

१४ माघ २०७६, मंगलवार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

१४ माघ २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.