Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्यापार मेलामा मन्त्री ढुंगेलको भाषणः विपक्षीलाई गाली, सहभागीलाई भने– ‘मलाई खै ताली ?’

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०७६, मंगलवार
in समाचार
0
1.2k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाका सबै उद्योगी तथा व्यवसायिहरुको छाता संगठन रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा फागुन ६ गते मंगलबार देखि फागुन १५ गते सम्म चल्ने दश दिने ठूलो मेला दोस्रो रामेछाप महोत्सवको मंगलबार उद्घाटन भयो ।

महोत्सवको उद्घाटन गर्ने प्रमुख अतिथि थिए बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल । रामेछाप प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका ढुंगेल पहिलो पटक प्रदेश मन्त्री बने पछि जिल्लामा हुने धेरैजसो कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । अर्थमन्त्री, त्यो पनि आफ्नै जिल्लाको भएकाले जिल्लाबासीले पनि ढुंगेललाई नै विभिन्न कार्यक्रमको प्रमुख अतिथि बनाएर ल्याउने गरेका छन् ।

कुनै पार्टीको आस्था नराख्ने उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव उद्घाटन समाहरोहमा मन्त्री ल्याउनुको एउटै कारण थियो कार्यक्रममा कुनै पनि पार्टीको गन्ध नआओस । तर कार्यक्रममा जे नहोस भनियो त्यही भयो । मंगलबार बिहान मन्त्रीलाई अगाडि लगाएर रामेछापका सबै राजनीतिक दल, व्यापारी, व्यवसायी, सरकारी कार्यालयका प्रमुख, विद्यार्थी, स्थानीय लगायतको समेत सहभागितामा बजारमा र्‍याली तामझामका साथ भयो । त्यसपछि र्‍यालीमा सहभागी भएका सबै मानिसहरु कार्यक्रम स्थल पुगे । जिल्ला समन्वयको प्राङ्गणभरी मानिसले भरिएको अगाडि स्टेजमा बसेका मन्त्रीले पानासमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्दा दर्शकले स्टेजनै थर्कने गरी ताली बजाउँदा आयोजक अनि मन्त्री पनि निकै खुसी मुद्रमा देखिन्थे ।

गैरसरकारी संस्थाका अध्यक्षबाट शुभकामना मन्तव्य राख्दै सुरु भएको कार्यक्रममा क्रमैसँग राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि हुँदै साँझको पाँच बजेको हारहारीमा मन्त्री ढुंगेलको बोल्ने पालो आयो । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको ब्यानरमा राष्ट्रको नारा– समृद्ध नेपाल, सुखी नेपाली छ कि छैन ?, यहि शब्दबाट भाषण गर्न सुरु गरेका मन्त्रीले ४० वर्ष अघिको रामेछाप र अहिलेको रामेछापमा धेरै परिर्वतन भएको कुरा सुनाउँदै परिवर्तनलाई वाणिज्य संघले आज देखएकाले आयोजकलाई सय पूर्णकं हैन हजार पूर्णकं दिन्छु भन्दै तारिफ गरेका मन्त्रीले पाँच मिनेटमा आफ्नो मन्त्रालयबाट जिल्लाका धेरै कृषकहरुलाई झण्डै पचास लाखका दरले सहयोग गरेको कुरा सुनाएर विपक्षी तिर भाषण मोडे ।

मन्त्री ढुंगेलले विपक्षी दल तर्फ इंगित गर्दै भने– ‘विकासमा अगाडि बढेको सरकारले विकासमा बाँसर र रुख भाँचिसक्यो, केही साथीहरु सरकारले सिन्को पनि भाँचेको छैन भनेर हिन्नुहुन्छ ।’

प्रहरी प्रमुखलाई सुझाव दिँदै मन्त्री ढुंगेलले भने– ‘राज्यबाट भएको विकासमा गल्ती गर्नेलाई प्रहरीको कष्टडीमा राख्नुस म तपाईलाई भेटन माला लिएर आउँछु । यो कस्तो प्रशासन हो ? एउटा मान्छे ठुलै नेताको आडमा बसेर भन्थेरे–गुण्डा भन्या मै हुँ, ट्यापे भन्या मै हुँ, मान्छे कुट्ने मै हुँ आज मलाई थुन्छस भनेर डिएसपी सापलाई भन्थ्योरे, त्यस्ता व्यक्तिलाई किन नथुनेको डिएसपी साव ?, कोही व्यक्ति श्रोत नखुलाएको पैसाले स्कुलमा झोला बाढ्दै हिड्ने कोही गाडीको साँचो बाँढेर हिड्ने त्यस्ता व्यक्तिलाई किन निगारनीमा नराखेको सिडियो साब ?’

काँग्रेसका केही नेतालाई गाली गर्न, प्रहरी प्रमुख र प्रजिअलाई यस्तै प्रश्न गर्न आधा घण्टा समय खर्चेका मन्त्री ढुंगेलले बीचमा उद्योग वाणिज्य संघका अध्यक्षलाई प्रस्ताव ल्याए बिसौ करोड पैसा पठाइदिन्छु सम्म भन्न भाए । त्यतिबेला सम्म कार्यक्रममा मञ्चमा बसेका अतिथि र प्राङ्गणमा रहेका दर्शकहरु आदी जसो हिडिसेका थिए । एक घण्टे लामो भाषण त्यो पनि महोत्सव जस्तो साझा कार्यक्रममा एक पछिय ढंगले कुनै राजनीतिक कार्यक्रममा जस्तो मन नपरेको एउटा राजनीतिक दललाई गाली गरेपछि किन बस्नु भनेर कार्यक्रमबाट बाहिरिएको महोत्सव हेर्न आएका एक पर्यटकले बताए । उनले भने– ‘विकासका आधारहरु नै आफू मन्त्री भएर आए पछि मात्रै तयार गरे जसरी जिल्लामा नेकपाको तर्फबाट पैसाको खोलो बगाएको जस्तो कुरा मन्त्री ज्यूले गर्नुभयो ।, राज्यको ढुकुटीबाट पठाएको पैसा पनि नेकपालेनै पठाएको भनेर भन्नु त्यति राम्रो हैन् । यो कार्यक्रम सबैको साझा कार्यक्रम हो उहाँलेत पार्टीको कार्यक्रम जसरी महोत्सवलाई फाइदा पुग्ने हैन पार्टीलाई फाइदा पुग्ने गरी भाषण सुनाउनुभयो । यसले महोत्सव माथीनै प्रश्न चिन्ह खडा गरेको छ ।’

उज्यालोमै भाषण सुरु गरेका मन्त्रीको भाषण सकिन लाग्दा मञ्चमा बत्ती बलीसकेको थियो । उद्योग वाणिज्य संघलाई प्रस्ताव ल्याए बिसौ करोड दिन्छु भनेका मन्त्रीले अन्तिममा महोत्सवलाई सहयोग गर्न पर्यटन मन्त्रालयसँग पाँच लाख मागीदिएको छु भनेपछि चुप लागे । उनि चुप लाग्नुको कारण थियो चारैतिरबाट ताली आओस । राजनीतिक भाषणमा व्यस्त भएका मन्त्रीले पैसाको कुरा गर्दा पनि दर्शकले नसुने पछि मन्त्रीले नै सोधे, खै ताली ? त्यसपछि केही ताली बजे त्यो पनि मन्त्रीकै अनुरोधमा ।

जिल्लाकै कृषि तथा पर्यटन प्रवद्र्धनको लागि राखिएको दश दिने लामो कार्यक्रमको प्रमुख अतिथि बनेर आएका मन्त्रीले आफूलाई मन नपरेको एउटा पार्टीको विषयलाई लिएर गाली गर्दा महोत्सवलाई नै असर पुग्ने स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।

Share927Tweet102Share29

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

६ फाल्गुन २०७६, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

६ फाल्गुन २०७६, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

६ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

६ फाल्गुन २०७६, मंगलवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

६ फाल्गुन २०७६, मंगलवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

६ फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.