Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि मनाइयो प्रजातन्त्र दिवस, दलहरु आरोप प्रत्यारोपमै ब्यस्त

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०७६, बुधबार
in समाचार
0
130
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- ७० औ प्रजातन्त्र दिबस बुधबार मन्थलीमा पनि बिधिध कार्यक्रमका साथ मनाइएको छ । वीपीचोकबाट बाजा–गाजा सहित सुरु भएको र्‍यालीले मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा पुगी कोण सभमा परिणत भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने राजनीतिक दलका नेताहरुले प्रजातन्त्रको विषयमा भन्दा पनि पार्टीभित्रका विगतका कुरालाई सम्झँदै एक–अर्कालाई गाली गर्नमै समय बिताए ।

७० औँ प्रजातन्त्रको शुभकामना दिँदै नेपाली काँग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले मंगलबार देखि मन्थलीमा सुरु भएको महोत्सबको उद्घाटन गर्दै काग्रेस प्रति कटाक्ष गर्ने बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रासद ढुंगेलको नाम लिएर भने– ‘आर्थिक स्रोत काँग्रेसको मात्र हैन तपाईको पार्टी नेकपाको पनि खोज्न जरुरी रहेको छ । तपाइको पेप्सीकोलामा रहको घर र बालकोटमा रहेको केपी ओलीको घर कुन स्रोतले बन्यो त्यो पनि छानबिन हुनु पर्छ ।, तपाईहरुको पनि आय स्रोत खुल्नु पर्‍यो । तपाई तत्कालिन जिल्ला बिकासको सभापति हुँदा देखिनै दशँै आएपछि खसी किन्न इन्जिनियर गुहार्ने गर्नु त्यसको पनि हिसाब चाहियो । नेपाली जनताले रगत बगाएर कमाएको पैसाबाट तिरेको कर राज्यको ढुकुटीबाट आफ्ना कार्यकर्तालाई मात्र पोस्ने गरी बजेट जिल्ला भित्र्याउनु भएको छ । विकासको नाममा बागमती प्रदेशबाट जिल्ला भित्रिएको बजेटको बीस प्रतिशत पनि खर्च भएको छैन् यो चाहि तपाईले खोज्नु पर्दैन् ?’

कार्कीले थपे– ‘मन्त्री ढुंगेलले काँग्रेसका कार्यकर्तालाई समाएर तह लागाउन स्थानीय प्रशासनलाई भन्नु भएको रहेछ । सक्नु हुन्छ भने मलाई यहिबाट गिरफ्तार गर्नुस डिएपी साव म तयार छु । हैन् भने जिल्लामा यति राम्रो राजनैतिक सदभाब र सौहार्दतालाई मन्त्री ढुंगेल किन बिथोल्न चाहानुहुन्छ, त्यो कुरा बुझिएन् ।’

यसरी सचिब कार्कीले गैरराजनीतिक क्षेत्र उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको मञ्च प्रयोग राजनीतिक भाषण गरेर काग्रेसलाई गाली गरेको कुरा राखेपछि नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले काँग्रेसले पनि पटक–पटक सत्ता सञ्चालन गर्दा राम्रो काम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको जस्ता आरोप लगाए । उनले  आफूलाई प्रजातन्त्रको हिमायति ठान्ने काँग्रेसका नेत भित्र पनि आन्तरिक प्रजातन्त्र नभएको आरोप लगाए । उनले भने– ‘काग्रेस सभापति लबश्री न्यौपाने सार्बजनिक यातायात चढ्नु हुन्छ, कान्छाराम तमाङ हेलिकप्टर चढनु हुन्छ । अनि काँग्रेसका नेतामा खै एकरुपता ?, अनि काग्रेसका केही व्यक्तिले गाउँ–गाउँका बिद्यालयमा गएर कापी र कलम बाँडेर समृद्धि आउँदैन ।, वर्तमान सरकारले धेरै राम्रा कामहरु गरेका छन् त्यो चहि काँग्रेसले देखेन ।’

त्यस्तै समाजबादी पार्टीका अध्यक्ष सोनाम ग्यापकले प्रजातन्त्र दिबसले सबै राजनीतिक दल र नेपाली जनताहरु बीच सामाजिक सद्भाब कायम गर्ने प्रेरणा प्राप्त होस भन्दै शुभकामना दिए । उनले प्रजातन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले लामो संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताईन । उनले सबैले आफ्नो कर्तब्य नभुली काम गर्न प्रजातन्त्रले सहयोग गरेको पनि बताईन् ।

स्वागत मन्तब्य राख्दै मन्थली नगरपलिकाका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो ज्यानको पर्बाह नराखी प्रजातन्त्र ल्याउनमा शाहदत प्राप्त गर्ने ४ शहिदहरु प्रति श्रद्धा सुमन अर्पण गर्दै आर्थिक सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहाना भएकोले ति चाहानाहरु सम्बोधन गर्न प्रजातन्त्र दिबसले प्रेरणा दिने बताए ।

कार्यक्रम समापनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले मेलमिलाप र सद्भाव कायम गरेर रामेछापको बिकास निर्माण अगाडि बढाउन प्रजातन्त्र दिबसले सबैलाई उर्जा थप्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा सिन्धुली कलाकार समाजका कलाकारहरुले प्रजातन्त्र सम्बन्धि सन्देशमुलक खैजेडि भजन प्रस्तुत गरेका थिए ।

Share52Tweet33Share9

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

७ फाल्गुन २०७६, बुधबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

७ फाल्गुन २०७६, बुधबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

७ फाल्गुन २०७६, बुधबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

७ फाल्गुन २०७६, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

७ फाल्गुन २०७६, बुधबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

७ फाल्गुन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.