रामेछाप- भक्तपूरबाट रामेछापको दोरम्बा हिडेको बेलेरो दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । भक्तपूरबाट इटाभट्टामा काम गर्ने मजदुर लिएर आएको बोलेरो रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम स्थित माझीगाउँमा मंगलबार विहान दुर्घटना हुँदा बेलेरोमा सवार ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार ३३ जना सवार बा १४ च ९४९८ नम्बरका बोलेरो दुर्घटनामा ३० जना घाइते भएको र उनिहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ । चालक सहित अन्य तीन जान भने सामान्य घाइते रहेका छन् । बोलेरो चालक बुद्ध मोक्तानलाई नियान्त्रणमा लिइएको पनि प्रनाउ पाठकले बताउनुभयो । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको समेत उहाँले बताउनुभयो । बोलेरोमा इटाभट्टामा काम गर्ने मजदुर भएको भन्ने सम्म जानकारी भएकाे र उनिहरुको पहिचान गर्ने काम भईरहेको पनि प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयाे ।
प्रहरी प्रमुख पाठकले भन्नुभयो– ‘सिट क्षमता भन्द बढी यात्रु बोकेको कारण दुर्घना भएको हुन सक्छ । एउटा बोलेरोले त्यति धेरै मानिस बोकेर आएको छ । जहाँबाट गाडीहरु छुट्छन, त्यहीबाट बढी यात्रु चढ्न नदिए यस्ता दुर्घटनाहरु कम हुने थिए । त्यस्तै यात्रुले पनि गाडीको क्षमता अनुसार मात्रै यात्रा गर्नुपर्छ ।’
यो बारेमा तपाईको प्रतिकृया