रामेछाप- कोरोना भाइरस नियन्त्रणको लागि सरकारले चैत्र ११ गते देखि लगाएको लकडाउनका कारण विभिन्न कामको लागि काठमाण्डौमा रहेर समस्यामा परेका मन्थली ३ कठजोरका नागरिकहरु स्थानीय युवाहरुको सक्रियतामा गाउँ फर्केका छन् ।
स्थानीय युवा प्रदिप रोक्का, यम बहादुर बुढाथोकी, पवन रोक्का लगायतको टोलीले गाउँका करिव एक सय बढी स्थानीयलाई घर फर्काइएको हो । लकडाउन देखिनै हाल सम्म स्थानीयलाई ल्याईएको प्रदिप रोक्काले बताउनुभयो । घर आउन चहाने तर गाडी नपाउने लगायतका समस्यामा परेका स्थानीयलाई समूहमा जम्म गरेर गाडीको व्यबस्था मिलाएर घर पठाईएको प्रदिप रोक्काले बताउनुभयो । मन्थली नगरपालिका वडा नम्बर ३ का तरुण दलका वडा सभापति समेत रहनुभएका रोक्काले भन्नुभयो– ‘अहिले सम्म करिव एक सय पचास जनाको हारहारीमा घर फर्काइसकेका छौँ, अझै पनि समस्यामा कोही भए हामीलाई सम्पर्क गर्नुस, सकेको सहयोग गर्छौ ।’
केही सहयोग आवश्यक परेमा ९८६०३०१०५१, ९८५११२४४९८ र ९८४१६५१५६७ मा सम्पर्क गर्न युवाहरुले अनुरोध गरेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया