Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ट्राफिक प्रहरीलाई व्यक्तिगत सुरक्षाका सामग्री सहयोग

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७७, शनिबार
in समाचार
0
257
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरस नियन्त्रणको लागि देश लकडाउनमा रहेको बेला ट्राफिक व्यवस्थापनको लागि अग्रपक्तीमा रहेर काम गरीरहेका रामेछापका ट्राफिक प्रहरीका लागि त्रिवेणी दर्शन यातायात प्रालिका अध्यक्ष सुदिप थापा र मन्थली ३ कठजोरका युवा प्रदिप रोक्काले व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराएका छ । ट्राफिक व्यवस्थापनको लागि रातदिन सडकमै रहेर काम गर्ने ट्राफिक प्रहरीहरु व्यक्तिगत सुरक्षाका सामग्री नलगाई सडकमा बस्दा आफू र आफ्नो सम्पर्कमा आउने जोकेहीलाई पनि कोरोनाको जोखिम कम होस भन्ने उद्देश्यले पाँच जना ट्राफिक प्रहरीलाई पुग्नेगरी सुरक्षाका साग्री उपलब्ध गराईएको उनिहरुले बताएका छन् ।

ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदीले उक्त सामग्री शनिबार जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

पाँच जना ट्राफिक प्रहरीका लागि पिपिई सेट ५ थान, गुणस्तरिय माक्स ५ थान र आई ग्लास पाँच थान उपलब्ध गराईएको त्रिवेणी दर्शन यातायात प्रालिका अध्यक्ष सुदिप थापाले जानकारी दिनुभयो । आफ्नो र मन्थली नगरपालिका वडा नम्बर ३ कठजोरका युवा प्रदिप रोक्काको सहयोगमा उक्त सामग्रीहरु दिइएको पनि अध्यक्ष थापाले बताउनुभयो ।

मन्थली नगरपालिका वडा नम्बर ३ कठजोर तरुणदलका अध्यक्षसमेत रहनुभएका रोक्काले भन्नुभयो– ‘कोरोना भाइरसका कारण व्यक्तिगत सुरक्षाका सामग्री नहुँदा ट्राफिक प्रहरी मात्रै हैन यातायातका साधनमा चढ्ने यात्रु र चालक, ढुवानीका साधन चलाउने चालक तथा पैदलयात्रु समेत उच्च जोखिममा हुने हुँदा हामीले अहिले पाँच जनालाई पुग्ने सुरक्षाका सामग्री पठाएका छौँ, बाँकी ट्राफिक प्रहरीलाई समेत पुग्नेगरी चाँडै उपलब्ध गराउने छौँ ।’

रोक्काले यस अघि लकडाउनको कारण काठमाण्डौमा समस्यामा परेका कठजोरका स्थानीयहरुलाई गाउँ सम्म ल्याउनको लागि पनि सहयोग गर्नुभएको थियो ।

Share103Tweet64Share18

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

१० जेष्ठ २०७७, शनिबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

१० जेष्ठ २०७७, शनिबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

१० जेष्ठ २०७७, शनिबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

१० जेष्ठ २०७७, शनिबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

१० जेष्ठ २०७७, शनिबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

१० जेष्ठ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.