रामेछापका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा जानकारी गराएको हो । उनिहरु गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउलिकाका रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताउनुभयो । उनिहरु छिमेकी मुलुक भारतबाट आएको र सबै क्वारेन्टाइनमा रहेको पनि उहाँले बताउनुभयो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ।
यो बारेमा तपाईको प्रतिकृया