Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विदेशबाट फर्केका युवा आफ्नै गाउँमा कृषि पेशा रोज्दै

नेपाल अभियान नेपाल अभियान
१९ असार २०७७, शुक्रबार
in समाचार
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– आफ्नो गाउँघर सुन्ने बनाएर रोजगारीको खोजीमा विदेश भौतारिएका युवाहरु अर्काको भूमीमा बगाउने पसिना आफ्नै गाउँको बनपाखामा बगाएर समृद्धिको खोजीमा लागेका छन् । मलेसियामा चार वर्षको लामो बसाई पछि तीन वर्ष अघि मलेसियाबाट फर्केका रामेछापको सुनापति गाउँपालिका–५ का कृष्ण कुमार मानन्धरले विदेशमा गरेको मेहनत आफ्नै बनपाखामा गर्न सके पैसा कमाउन अरुको देश जानु नपर्ने सोचका साथ अहिले गाउँमै बाख्रा पालनमा जुटेका छन् ।

विदेशबाट फर्केपछि उनि सहित ६ जनाको समूह मिलेर मन्दरधोङ बाख्रा फार्म स्थापना गरेर अहिले आफ्नै गाउँघरको बनपाखामा कृषि कर्ममा रमाइ रहेका छन् । यो समूहमा उनि बाहेक अरु तीन सदस्य पनि बैदेशिक रोजगारीमा गएर फर्केकानै छन् । यसरी आफ्नै गाउँमा पसिना बगाएर आम्दानी लिने सोचमा रहेका युवाहरुको समूहलाई सदरमुकाम मन्थलीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले पनि साथ दिएको छ ।

७५ ओटा बाख्रा रहेको फार्ममा केही समय अघि परियोजनाले उन्नत जातको बाख्रा उत्पादन गरी आम्दानीमा बृद्धि गर्न ५० प्रतिशत अनुदानमा बोयर जातको एउटा बोक दिएको छ । त्यस्तै परियोजनाले बाख्रा पालक कृषकलाई बाख्रा ढुवानी, बाख्रलाई आवश्यक पर्ने दाना ढुवानी, घाँस ढुवानी लगायतका काममा सहयोग पुग्ने उद्देश्यले कच्ची सडकमा समेत सहजै गुढ्ने बोलेरो गाडी पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले भने– ‘जिल्लामा जुनार जोन, आलु जोन र बाख्रा जोन कार्यक्रम संचालनमा रहेका छन् । जोनको मापदण्ड भित्र पर्ने समूह, कृषि सहकारी, लगायतलाई हामीले पचास प्रतिशत अनुदानमा विउविजन देखि विभिन्न प्रविधिहरु उपलब्ध गराई रहेका छौँ । सोही अनुसार बाख्रा जोन कार्यक्रम अन्तरगत पर्ने मन्दरधोङ बाख्रा फार्मलाई पचास प्रतिशत अनुदानमा ढुवानीको साधन बोलेरो उपलब्ध गराएका हौँ । हामीले उपलब्ध गराएको ढुवानीको साधनले उहाँहालाई धेरै सहयोग पुग्ने अपेक्ष लिएका छौं ।’

लम्सालका अनुसार उक्त फार्मलाई ढुवानीको साधन खरिद गर्नको लागि पचास प्रतिशत अनुदान बापत ११ लाख ९२ हजार एक सय ५२ रुपैयाँ ५० पैसा परियोजनाले उपलब्ध गराएको छ ।

परियोजनाले विहिबार बाख्रा जोनका अध्यक्ष भिम कुमार श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामा मार्फत फार्मलाई उक्त ढुवानीको साधन उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले परियोजानले पशुपालक किसानहरुलाई उपलब्ध गराईएको ढुवानीको साधनले सुनापति गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता परेको कृषिलाई थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले सुनापति गाउँपालिकाको कृषि प्रणाली यान्त्रीकिकरणमा प्रवेश गरेको समेत बताए ।

मन्दरधोङ बाख्रा फार्मका अध्यक्ष धन बहादुर मानन्धरले बाख्रा पालनको लागि अहिले सम्म ३५ लाख माथि खर्च भएको बताए । उनले भने– ‘अहिले सम्म हामीले ३५ लाख भन्दा माथि लगानी गरीसकेको छौं । आहिले सम्म यहाँ उत्पादित बाख्रा तथा बोका विक्रीमा समस्या छैन । हामीले अपेक्षा गरेअनुसारको आम्दानी पनि भइरहेको छ । हाम्रो व्यावसयलाई अझै बढाउने सोचमा छौं । बाख्रा उत्पादन बृद्धि गराउन सहयोग पुग्ने उन्नत जातको बोयरको बोका र ढुवानीको लागि गाडी अनुदानमा उपलब्ध गराईदिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रति पनि हामी आभारी र्छौ ।’

जिल्लामा सयौंको संख्यामा कृषिमा लागेका कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जुनार जोन, आलु जोन र बाख्रा जोन मार्फत पचास प्रतिशत अनुदानमा विभिन्न सहयोग गर्दै आएको छ ।

Share16Tweet10Share3

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१९ असार २०७७, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१९ असार २०७७, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१९ असार २०७७, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१९ असार २०७७, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१९ असार २०७७, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१९ असार २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.