रामेछाप– राष्ट्रिय परिचय पत्रको लागि रामेछाप विवरण संकलनको कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा विहिबार देखि जिल्ला समन्वय समति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको बिबरण संकलन गरी औपचारिक रुपमा सुरुवात गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकहरुको बैयक्तिक तथा जैबिक बिबरण भएको राष्ट्रिय पहिचान सहितको सुबिधायुक्त बहुउपयोगि प्रमाणपत्रका रुपमा लिइएको राष्ट्रिय परिचयपत्रको बिबरण संकलनको काम अब जिल्ला प्रशासन कार्यालयबाट निरन्तर हुने बताउनुभयो ।
सरकारले २०७५ सालमा पाँचथर जिल्लाबाट सुरु गरेको यो कार्यक्रम चालु आर्थिक बर्षबाट रामेछापमा पनि सुरुवात भएको हो । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धीत ब्यक्ति स्वयम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताउनुभयो । परिचयपत्रका लागि सम्बन्धीत ब्यक्तिको फोटो, १० औलाको चक्र र अन्य ब्यक्तिगत सम्पूर्ण विवरण संकलन गरिन्छ ।
यो बारेमा तपाईको प्रतिकृया