रामेछाप–उमेरले ७२ लागिसकेपनि रामेछापको मन्थली नगरपालिका वडा नं–७ ठेडिखोलाका नारायण प्रसाद प्रसाई (हिलाखर्के नारायण) लाई फलफुल उत्पादन र बोटबिरुवाको संरक्षण तथा हेरचाहमा कत्ति पनि थकाई लागेको छैन ।
२००५सालमा खाँडादेवी गाउपालिकाको पकरवासमा जन्मिएका प्रसाई गाँउमा अरुले फलफुल लगाएको देखेर आफुलाई पनि फलफुल रोप्ने जागर चलेको बताउनु हुन्छ ।
अहिले उहाको घर फलफुल र बोटविरुवाले घेरिएको छ । २०१९ साल देखि फलफुल लगाउन सुरु गर्नु भएको उहाको बगैचामा १०/१२ प्रजातिका आप, बिभिन्न जातका केरा, रुख कटर, भुइ कटर हलुवावेद, अनार, लिचि, अंगुर,आटी लगाएतका फलफुलहरु रहेका छन् । त्यति मात्र हैन उहाँको बगैँचामा काजु,छोकडा,ल्वाङ,मरिच पिप्लादि, सुकुमेल, कफी तथा एबोगाडो र श्रीखण्ड समेत पाइन्छ । उहाले हलुवावेद, कफी र मरिचको भने नर्सरी नै स्थापना गर्नु भएको छ ।
बिगत लामो समय सम्म यिनै फलफुल र बिरुवा बिक्रिबाट आफु आफ्ना परिवार पालन पोषण, शिक्षा दिक्षा का लागि सजिलो भएपनि मन्थली –पकरवास –गाल्वा सडक जोडिएपछि भने आफनो घर छेउबाट पैदल हिड्ने मानिसहरुको आओत जावत ठप्प हुने गरेकोले अहिले फलफुलको ब्यापार घटेको प्रसाइले बताउनु भयो । अझ यो लकडाउनले गाडिहरु नचल्दा बगैचाका फलफुलहरु त्यसै नस्ट भैरहेको पनि उहाले बताउनु भयो ।
५/६ बर्ष अगाडि तत्कालिन जिल्ला कृषि बिकास कार्यालयले अयोजना गरेको कृषि तथा फलफुल सँग सम्बन्धीत केहि तालिम लिएको भएपनि अन्य कतै बाट ब्यवसायिक तालिम, सहयोग र अनुदान नपाएको उहा बताउनुहुन्छ । उहाले भन्नुभयो– “टाठा बाठा, कुरा मिलाउन जान्ने एबं फलफुल को बिरुवा देखाउने तर खेति नगर्नेले पाउने अनुदान हामी नियमित रुपमा फलफुल खेति गर्ने र सोझा सिधा कृषकहरुले पाउने कुरै भएन । त्यसैले होला मलाई कुनैपनि सरकारी अनुदानको आशा पनि छैन । कारण त्याहा सम्मको पँहुच म सँग छैन । न ठग्न नत झुक्याउन जान्दछु ।”
यो उमेर सम्म आइपुग्दा अनुभवका आधारमा आफुले गरेको ब्यवसायिक खेतिलाई भने मैले गर्वका साथ लिएको छु । उहाले भन्नुभयो–“मेरो मेहेनत र सीपको बारेमा जानेका र बाहिरबाट देखेकाहरुले पनि यो उमेरमा मैले गरेको कामको प्रसंसानै गरेका छन् । मैले गरेको मेहनत र बढाएको बगैचाका बारेमा वडा र पालिकास्तरका जनप्रतिनिधिहरु समेतलाई राम्रो सँग ज्ञान छ । तर उहाहरुलाई यो उमेरमा मैले गरेको कर्मको उच्च मुल्याङकन गर्नु पर्छ भन्ने कुराको कुनै चासो छैन । उहाले दुखि हुँदै भन्नुभयो–“संघियता पछि गठन भएका सबैखाले सरकारहरु जनता र कृषकहरुको पक्षमा हुनेछन र उनीहरुले कृषिको क्षेत्रमा क्रान्ति नै गर्नेछन भन्ने पनि मैले सुनेको थिए । तर त्यो सबै गलत रहेछ । बिकास र सरकारी अनुदान पाउने भनेको सबै पहुँच वाला र टाठा बाठा कार्यकर्ताहरुले मात्र रहेछ ।”उहाले भन्नुयभो–“आफ्नो मुख्य उमेर कृषि पेशामानै भिजाएकोले यो उमेर सम्म पनि मलाई श्रम गर्न कत्ति पनि अप्ठेरो छैन । आफ्नै लगानी सीप र बाहुवलले काम गर्न सकुन्जेल सकेको कर्म गरिरहनेछु । राज्यबाट सहयोग पाएको भए बार्षिक ४/५ लाख आम्दानी गर्न म पनि सक्थे होला तर म त्यो अबसर बाट सधै बञ्चित हुनुपरेकोमा आफुलाई दुखः लागेको छ ।”
यो बारेमा तपाईको प्रतिकृया