रामेछाप- ३८ औं बीपी स्मृति दिवसको अबसर पारेर नेपाली काँग्रेस रामेछापले रामेछाप नगरपालिकाको बिटारमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विहान रामेछाप सहयोगी मनहरु (रासम) को अगुवाईमा निर्माणाधिन बिटार पार्क परिसरमा उक्त बिरुवाहरु रोपिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजना तथा रामेछाप नगर इकाई समितिको सह आयोजनामा उक्त स्थानमा आप, लिचि, कटहर, अमाला, अशोक कागति लगाएतका बिभिन्न प्रजातिका दुई सय बिरुवा रोपिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिब लेख बहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै पार्टी सभापति लवश्री न्यौपानेले बीपीले ल्याउनु भइको मेलमिलाप र कृषि क्रान्ति बर्तमान सन्दर्भमा सबैतिर लागु भएको बताउनुभयो । उहाले वीपीको नीतिलाई नेपाली काँग्रेसले मात्र नभएर सबैले अनुसरण गर्न लागेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागमति प्रदेशका सदस्य बद्रि नयाँघरेले बिटारमा निर्माणाधिन पार्कका लागि सबैले सहयोग गर्न अनुरोध गर्नु भयो । उहाले बीपीको योगदानका बारेमा चर्चा गर्दै बीपी स्मृति दिवसको अबसरमा यस स्थलमा गरिएको कार्यक्रम अर्थपूर्ण हुने र पार्कलाई ब्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो । जिल्लाकै पर्यटकिय स्थलको रुपमा बिकास गर्न आफुहरु लागिपरेको पनि उहले बताउनुभयो ।
कार्यक्रमका अबसरमा नेपाली काँग्रेसका माहाधिबेशन प्रतिनिधि भरत चौलागाईले भ्यू टावर निर्माणका लागि लाग्ने खर्च मध्ये १ लाख रुपैया रासमका संयोजक सुनिल रायलाई हस्तान्तरण गर्नुभएको थियो भने नेपाली काँग्रेसकै अर्का महाधिबेशन प्रतिनिधि एबं संघीय सासंदका उमेद्वार पूर्ण बहादुर तमाङ कान्छारामले सो क्षेत्रमा महिला र पुरुषका लागि आबश्यक पर्ने शौचालय निर्माण गरिदिने प्रतिबद्धता गर्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया