रामेछाप– नेपाली कांग्रेसका स्वर्गीय नेता वीपी कोइरालाको ३८ औ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन रामेछापले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कोइरालाको ३८ औं स्मृति दिवस पारेर मंगलबार बीपीको परिकल्पनाको समाजबाद र वर्तमान अवस्था विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना हो ।
बीपीले नेपाली राजनैतिक इतिहासमा पु¥याएको योगदानाको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने अहिले विश्वलेनै वीपीले प्रतिपादन गरेको राजनैतिक चिन्तन र दर्शनलाई विश्वले अपनाएको बचताउनुभयो । उहाँले कांग्रेसले मात्र नभइ कांग्रेसलाई गाली गर्नेहरु पनि वीपीको दर्शनमा हिडने गरेको बताउनुभयो । सभापति न्यौपानेले अझै पनि सबै क्षेत्रले वीपीको बिचार र दर्शनलाई अक्षरस पालन गर्न जरुरी रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका निर्वतमान सभापति एवं कार्यक्रमका विशिष्ट अतिथि रामचन्द्र खडकाले वीपी कोइराला आफ्नै दर्शन र विचारका कारण विश्वकै साझा नेताका रुपमा रहेको बताउनुभयो । कोइरालाले देश र जनतका लागि गरेको निश्वार्थ त्यागका कारण विश्वमानै शिर उचो रहेको र कांग्रेसीले गर्व गर्ने विषय बनेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा कांग्रेसका बौद्धिक तथा वीपी बिचारको गहन अध्ययन गरेका डा. सुमन कर्मचार्यले राजनैतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन बागमती क्षेत्र विशेष कमिटीका सचिव हिमाल ढुंगेलले विपीले राजनितिमा गरेको दुरदर्शी विचार र चिन्तनले आज पनि नेता नेतृत्वलाई अझै सजग गराउने बताउनुभयो ।
नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पदाधिकारी, पूर्वपदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नेपाली काँग्रेसका अग्रज नेता, भातृसंगठनका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया