रामेछाप–आफ्नो नगरपालिकाले गरेका बिकास निर्माणका काम तथा सप्टवेरका कामहरुको राम्रा नराम्रा दुवै पक्षमा दर्बिलो रुपले कलम चलाउन रामेछापका नगर प्रमुख नरबहादुर थापामगरले सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
सो कुरा उहाले आदिवासी जनताति पत्रकार महासंघ (फनिज) को २१ आंै स्थापना दिवसका अबसरमा रामेछाप नगरपालिकामा आदिवासी जनताति पत्रकार महासंघ रामेछापले आयोजना गरेको उत्कृष्ठ आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७७ एबं चियापान कार्यक्रमको उद्घाटनका क्रममा बताउनु भएको हो ।
उहाले हामीले गरेका कामहरु जनताले अनुमोदन गर्छन ति अनुमोदन भएका सकरात्मक तथा नकरात्क कामलाई सञ्चार माध्यममा सञ्चारकर्मीहरुले ल्याइदिनुपर्ने बताउनु भयो ।
“म पत्रकारहरुलाई हमिले गरेका राम्रा कुरा मात्र लेख्दिनुस भन्दिन नराम्रा कुराहरु पनि लेखिदिनुस त्यसले हामिलाई सच्चिएर जाने मौका मिल्दछ । तर नराम्रा कुरा लेख्नु भन्दा अगाडि त्यसको सत्य तथ्य आफुले पनि भन्न पाउनु पर्छ । उहाले भन्नु भयो हामि सञ्चार क्षेत्रसँग नजिक भएर र समन्वयात्मक ढंगबाट काम गर्न चाहान्छौ तर नीतिगत कुराहरु मिलेर आउनु पर्दछ ।
कार्यक्रमका अवसरमा उहाले पत्रकार हरुको बिभिन्न संगठनहरु ले आ–आफ्नो संगठनलाई मजबुद वनाउने खालका काम गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका बिशेष अतिथि एबं रामेछाप नगरपालिकाका उप–प्रमुख सृजना खड्काले “पालिका मार्फत भए गरेका सबै काम राम्रा छन भन्न हामी सक्दैनौ केहि नराम्रा कामहरु पनि भएका हुन सक्छन त्यो कुरा हामिलाई थाहा नहुन सक्छ तर पत्रकारले देखेका कुराहरु उजागर गरिदिनुभयो भने हामिलाई पछिका दिनमा सुधार गरेर लाने मौका मिल्छ” उहाले भन्नुभयो ।
कार्यक्रमका अबसरमा आदिवासी जनजाति पत्रकार महासंघ बागति प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ बागमति प्रदेशका सदस्य बद्री नयाँघरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, प्रेस संगठनका केन्द्रीय सदस्य एबं फनिज रामेछापका पुर्ब अध्यक्ष सुमित श्रेष्ठ, संस्थापक अध्यक्ष युनिक बिफा घिसिङले पत्रकारहरुले भोग्नु परेका पिडा र त्यसका लागि पालिका बाट गरिएको अपेक्षाका बारेमा आ–आफ्ना धारणा राख्नुभयो ।
संस्थापक अध्यक्ष (बिफा घिसिङ) सम्मानित
सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापले आदिवासी जनजातिको क्षेत्रमा उल्लेख्य कलम चलाएको भन्दै रामेछापका संस्थापक अध्यक्ष युनिक बिफा घिसिङ लाई नगद रु ५ हजार सहित दोसल्ला र प्रसंसा पत्रले सम्मान गरको छ ।
कार्यक्रमका प्रमुख अतिथि थापामगर र बिशिष्ट अतिथि एबं उप प्रमुख सृजना खड्काले उहालाई क्रमश प्रशंसा पत्र दिएर एवं दोशल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
सो अबसरमा फनिजका पुर्ब अध्यक्ष सुमित श्रेष्ठले आफुले ब्यक्तिगत रुपमा रु ५० हजारको अक्षय कोष फनिज रामेछापका नाममा स्थापना गरिदिने र त्यस बाट आएको ब्याजले हरेक वर्ष उत्कृष्ठ जनजाति पत्रकारीता पुरस्कार प्रदान गर्न सहयोग पुग्ने बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया