Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापलाई बागमति प्रदेशकै एक नंम्बरको जिल्ला बनाउछु –मन्त्री ढुंगेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ श्रावण २०७७, बुधबार
in समाचार
0
291
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछाप जिल्लालाई बागमति प्रदेशकै एक नंम्बरको जिल्ला बनाउने घोषणा गर्नु भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस–२०७७ को अबसर पारेर रामेछाप सहयोगी मनहरू (रासम) द्धारा आयोजना गरिएको बिटार पार्क उद्घाटन, झण्डोत्तोलन तथा हस्तान्तरण कार्यक्रमका अवसरमा उहाँले सोकुरा बताउनु भएको हो ।

उहाँले वर्तमान अबस्थामा प्रदेशको सातौ स्थानमा रहेको यस  जिल्लालाई आफ्नो कार्यकालभरी एक नंम्बरको जिल्ला बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अबसरमा मन्त्री ढुंगेलले जिल्लामा सबैभन्दा पहिले पार्कको अबधारणा ल्याउने ब्यक्ति आफै भएको पनि दाबी गर्नुभयो ।

उहाँले तत्कालिन अबस्थामा आफूले जिल्ला बिकास समितिको सभापति भएको बेलामानै हाल मन्थली–१ हाटेचउरमा रहेको गंगालाल,पुष्पलाल र कृष्णलालको मूर्ति राखि पार्क निर्माण गरेपछि अहिले त्यस पार्कको नाम नै तीनलाल पार्क भएको बताउनु भयो । भंगेरीमा पनि पुष्पलाल पार्क बन्नलागेको र बिटारमा पनि राम्रो खालको पर्क बन्न सुरु भएको प्रति प्रशंसा गर्नुभयो ।

उहाले बिटारको यो पार्क देशभरकै नमूना पार्कको रुपमा निर्माण गर्न आफुले सकेको सहयोग गर्ने तर त्यसका लागि आबश्यक डिपिआर तयार पारेर फागुन भित्र आफ्नो मन्त्रालयमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रमका अबसरमा उहाँले अब रामेछाप आउने पाहुनालाई तिनलालको चित्र अंकित, र रामेछापका हिमाल, झरना जडिबुटि, मठ मन्दिर झल्कने खालको मायाको चिनो दिन सक्नु पर्ने र पर्यटकहरुले कोसेलीका रुपमा यस्ता पार्कहरु र जिल्लाको पहिचाहन हुने खालका तस्बीरहरू किनेर लैजाने वातावरण सृजना गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

सो अबसरमा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्काले जिल्लामा यस्ता पार्कहरुले पर्यटक आकर्षण गरी आय आर्जनमा समेत टेवा पुग्ने र दुई चार जनालाई रोजगारीको समेत अबसर सृजना हुने बताउनुभयो । उहाले जिल्लाका धेरै स्थानहरुमा यस्ता पार्क निर्माण गर्न सकिने बताउनुभयो ।

मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले पार्क बनेको स्थल आफ्नो पालिका भित्र नपरे पनि आफुले पार्कलाई ब्यवस्थित बनाउन सकेको सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस्ता पार्कहरुले जिल्लाको सौन्दर्यता बृद्धि गर्नुका साथै मानिसहरु आएर २÷४ घण्टा मनोरन्जन लिनसक्ने स्थलका रुपमा लिइने भएकाले  पार्कहरुलाई ब्यवस्थितगर्न सबैले सहायोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा अबसरमा पत्रकार महासंघ बागमति प्रदेशका सदस्य बद्रि नयाँघरेले  रामसले पार्क निर्माणमा गरेको योगदानको मुक्त कण्ठले प्रसंसा गर्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

सो अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका पूर्ब अध्यक्ष हिमाल ढुंगेलले नागरिकहरूबाट आफ्नो गास काटेर गरिएको पार्क निर्माण प्रति खुसी ब्यक्त गर्नुभयो । उहाँले पार्कलाई ब्यवस्थित  र आकर्षक बनाउन अर्थमन्त्री बाट रासमले ठुलो सहायोगको अपेक्षा गरेको बताउनुभयो ।

सो अबसरमा स्थानीय शिक्षक नारायण घिमिरेले पार्कको अबस्थाका बारेमा जानकारी गराउनुका साथै रामसमको अबधारणा र उपलब्धीका बारेमा सदस्य केशव अमोल तिमिल्सीनाले जानकारी गराउनु भएको थियो । कार्यक्रमका अबसरमा आफनो मन्तब्य राख्दै लकडाउनको मौका छोपी आफुहरुले फुर्सदको समयलाई यस पार्कबनाउन सदुपयोग गरेको रासमका सदस्य बिपीन भट्टराइले बताउनुभयो ।

रासमका सम्पुर्ण सदस्यहरुको सामुहिक अध्यक्षता एबं बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न  उक्त कार्यक्रममा पार्कको उद्घाटन तथा झण्डोत्तोलन  मन्त्री ढुंगेलले गर्नु भएको थियो ।  त्यसैगरी पार्कको साचो भने ब्यवस्थापन समितिका संयोजक सुनिल रायलाई रासमका सदस्यहरुले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका अबसरमा पार्क निर्माण गर्न सहयोग गर्ने सबै सहायोगी दाताहरूलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । पार्कमा पिङ,शारिरीक अभ्यासका समानहरु,लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा,गोर्खालीको हतियार खुकुरी,ढुंगा र रुखहरुलाई कलात्मक ढंगले सिगारिएर बनाइएका बिभिन्न आकृतिहरु रहेका छन् ।

 

Share116Tweet73Share20

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२८ श्रावण २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२८ श्रावण २०७७, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२८ श्रावण २०७७, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२८ श्रावण २०७७, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२८ श्रावण २०७७, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२८ श्रावण २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.