रामेछाप– नेपाल पत्रकार महासंघको चुनाव फागुन ३ गते हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बुधवार आयोजना गरको अध्यक्षहरुको भर्चुअल भेलाले सो निर्णय गरेको हो ।
महासंघका अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न उक्त भेलाले महासंघको नयाँ सदस्यता सिफारिस र पुरानासदस्यहरुको नविकरण यहि भदौ मसान्त सम्ममा गरिसक्ने, प्रदेशले जिल्ला शाखाको सदस्यता स्वीकृत गरी आसोज महिना भित्र केन्द्रमा पठाइसक्ने,कार्तिक र मंसिर महिनामा जिल्ला, एसोसिएट र प्रतिष्ठान शाखाहरुको साधारण सभा सम्पन्न गर्ने, पुष महिना सम्ममा सबै प्रदेशका साधारण सभाहरु सम्पन्न गरिसक्ने, माघ ४ र ५ गते केन्द्रीय साधारण सभा गर्ने र फागुन ३ गते जिल्ला, प्रदेश र केन्द्रको निर्बाचन एकै दिन गर्ने निर्णय भएको छ ।
भेलाले कोभिड–१९ को महामारीका कारण पत्रकारहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै २०७७ सालको नबिकरणलाई छुट दिने निर्णय गरेको छ ।
भेलाले काभिड–१९ को महामारीका बेला बिभिन्न सञ्चार माध्यमहरुले पत्रकारहरुलाई काममा नलगाएको, बेतलवी बिदा बस्न वाध्य गराएको र काम गरेको तलब नदिएको जस्ता कार्यगरेको पाइएकोले यस्ता कार्य नगर्न सम्बन्धीत मिडिया हाउसहरुलाइ अनुरोध गर्ने, जिल्ला जिल्ला बाट सञ्चालन भएका साना मिडिया हाउसहरु सञ्चालनमा कठिनाई भैरहेको बर्तमान सन्दर्भमा समानुपातिक बिज्ञापन को नीतिलाई कडाइका साथ लागु गर्नु पर्ने लगाएतका बिभिन्न बुदाँ सहितको घोषणा पत्र समेत जारी गरेको छ । भर्चुअल (जुम) भेलामा जिल्ला, प्रदेश, प्रतिष्ठान र यसोसिएट्स अध्यक्षहरु केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको कार्यकाल गत २०७६ फागुनमा सकिएको थियो भने केन्द्रीय महासंघको कार्यकाल यहि भदौ ५ गते र प्रदेश समितिको कार्यकाल २०७८ बैशाख महिनामा सकिदै छ ।
यो बारेमा तपाईको प्रतिकृया