Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिक स्तरका संस्था र सञ्चार क्षेत्र समाजका दर्पन हुन्ः अध्यक्ष लामा

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०७७, मंगलवार
in समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ । समाज परिवर्तनका लागि अहोरात्र खट्ने नागरिक स्तरका संस्था र सञ्चार माध्यमहरु समाजका दर्पनको रुपमा रहेका गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले बताउनुभएको छ ।

सो कुरा उहाले गोगो फाउन्डेशन काठमाण्डौँले सोमबार भर्चुअल रुपमा आयोजना गरेको नागरिक संस्थाको सञ्चारमा पहुँच र सहकार्य विषय सार्वजनिक संवाद कार्यक्रममा बताउनु भएको हो ।

कार्यक्रको प्रमुख अतिथि समेत रहनु भएका लामाले नागरिक स्तरका संस्था र सञ्चार क्षेत्र लोकतन्त्र तथा मानव अधिकारको मेरुदण्ड भएको बताउनुभएको थियो । विभिन्न परिवर्तन लगायत लोकतान्त्रिक आन्दोलनको मेरुडण्डको रुपमा गैससकर्मी उभिएका र मिडियाले सकरात्मक रुपमा अगाडि ल्याएकै कारण अहिलेको अबस्थामा सबै आइपुगेको बताउनुभयो ।

उहाले आफुहरु हरेक आन्दोलनका बेला निष्पक्ष ढंगबाट अगाडि बढेको स्मरण गराउँदै नागरिक स्तरका संस्था र मिडिया हरेक कामममा संगै मिलेर  जानुपर्ने  कुरा उल्लेख गर्दै  कतैकतै अहिले पनि दुई पक्ष विच प्रतिष्पर्धा चलेको  भन्दै त्यसले समाज, नागरिक संस्था र मिडियालाई असर पुग्ने कुरालाई जोड दिनुभयो ।

पत्रकार प्रतिक प्रधानले नागरिक संस्थाको सञ्चारमा पहुँच र सहकार्यको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नागरिक संस्था र मिडिया दुवै संस्थाले लोकतन्त्र,मानवअधिकार र नागरिकको सवलिकरणमा लाग्नु पर्ने  भएतापनि विभिन्न आरोपहरुको सामना गर्नुपरेको बताउनुभयो ।

अर्का पत्रकार उमेश चौहानले नागरिक संस्था र सञ्चार क्षेत्रको उद्देश्य तथा गन्तव्य एउटै तर प्रकृया, पद्धति र बाटाहरु फरक भएतापनि लोकतान्त्रिक मुल्य र मान्यता स्थापित गर्न साथै भ्रष्टाचार र कुशासन विरुद्ध सहकार्य आवश्यक रहेको वताउनुभएको थियो । उहाले नागरिक संस्था र सञ्चार क्षेत्र एकअर्का विच आरोप प्रत्यारोपमा भन्दा पनि एकजुट भएर सशक्त रुपमा लाग्नु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नागरिक संस्था र सञ्चार प्रतिद्धन्दी नभइ एकअर्काका पुरक तथा सहयात्री भएको बताउँदै लोकतान्त्रिक अभ्यास,नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकालागि यिनीहरु बीचको समन्वय र सहकार्य अत्याबश्यक रहेको बताउनुभएको थियो ।

उहाले सरकारले अहिले नागरिक अधिकार र प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई संकुचन पार्ने कानुनहरु मस्यौदाका रुपमा ल्याएको हुनाले दुवै मिलेर लोकतान्त्रिक कानुन निर्माणमा समन्वय र सहकार्य गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्माले नागरिक संस्था र संचार क्षेत्र विच केही असमझदारी र कमी कमजोरी भए पनि लोकतन्त्र,मानवअधिकार,नागरिक स्वतन्त्रता,विधिको शासन,प्रेस स्वतन्त्रता र सामाजिक न्यायका लागि नागरिक संस्था र सञ्चारको भुमिका र सहकार्य अनिवार्य शर्तका रुपमा महशुस भएको बताउनुभयो ।

गोगो फाउन्डेशनका कार्यकारी निर्देशक केदार खडका र परियोजना ब्यवस्थापक पोष्ट के.सी ले सहजीकरण गर्नुभएको सो संवाद कार्यक्रममा डा चिरञ्जीवी भण्डारी, बरिष्ठ पत्रकार उमिद बागचन्द, नागरिक अधिकारकर्मी ठाकुर भण्डारी लगाएतले सञ्चार क्षेत्रले समाजमा घटेका घटना र राज्यद्धारा गरिने खराव तथा गैर कानुनी कार्यहरुको कलम मार्फत सु–सूचित गराउनुका साथै नागरिक संस्थाहरु वस्ती वस्तीमा गएर,बोल्न सिकाएर क्षमता अभिवृद्धि गरेर समाजमा रहेको खराव तत्वका विरुद्ध जनमत तयार गर्नुपर्ने बताएका थिए ।

भर्चुअल (जुम) संवाद  कार्यक्रममा देशका विभिन्न नागरिक समाज र सञ्चार क्षेत्रका ५३ जना अगुवाहरुको सहभागिता रहेको थियो ।

 

Share22Tweet14Share4

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

९ भाद्र २०७७, मंगलवार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

९ भाद्र २०७७, मंगलवार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

९ भाद्र २०७७, मंगलवार
देश

९ भाद्र २०७७, मंगलवार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

९ भाद्र २०७७, मंगलवार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

९ भाद्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.