Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ७ दिन निषेधाज्ञा थप,बजार दिउसो १ बजे सम्म खोल्न पाइने

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०७७, बिहीबार
in समाचार, समाज
0
119
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ल्लामा ७ दिनका लागि निषेधाज्ञा थप गरिने भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शार्माको अध्यक्षतामा बसेको बैठकले यस अघि २०७७ भदौ १३ गते राती १२ बजे देखि भदौ १८ गते राती १२ वजे सम्मका लागि गरिएको निषेधाज्ञालाई लम्ब्याएर भदौ २५ गते सम्म जारी राख्ने निर्णय गरेको हो । कोभिड १९ को संक्रमण दैनिक रुपमा जिल्लामा पनि बढन थालेपछि नेपाल सरकार मिति २०७७ भदौ १४ को  निर्यानुसार,सबै प्रदेश सरकार तथा स्थानीय तहले संकट जोखिम विश्लेषणका आधारमा प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को समन्वयमा आइसोलेशन वार्डको प्रबन्ध गर्ने, प्रदेश र स्थानीयबाट प्रबन्ध हुने आइसोलेसन वेडको व्यवस्था र संचालनका लागि आवश्यक बजेट प्रदेश कोरोना संक्रमण रोकथाम तथा उपचार कोषबाट उपलब्ध गराउने सो कोषबाट रकम उपलब्ध गराउन सक्ने अवस्था नभएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने निर्णय अनुसार छलफल गर्दा सोही अनुरुप स्थानीय तहहरुले आइसोलेशन बेड  विस्तार गर्ने  निर्णय भएको छ ।

त्यसैगरी क्यान्सरका किमो लिने बिरामी, डाइलासिस गर्ने बिरामी अन्य दीर्घ रोगी बाहेक उपचार सम्भव भए सम्म जिल्ला भित्रकै अस्पताल, स्वास्थ्य संस्थामा उपचार गराउने व्यवस्था मिलाउने र यसको सहजिकरण स्थानीय पालिकाको वडा तहबाट गर्ने, नियमीत उपचार गराउन काठमाण्डौ जाने र आउने विरामीमा कोभिड–१९ संक्रमण पुष्टि देखिन थालेकोले एम्बुलेन्स चालकहरुले  इमरेजन्सी विरामी मात्र लाने ल्याउने व्यवस्था गर्ने र एम्बुलेन्समा यात्रा गर्ने विरामीको विवरण, सम्पर्क नं दैनिक रुपमा तयार गरी आवश्यक परेको अवस्थामा जनस्वास्थ्य कार्यालयमा पठाउने पनि निर्णय भएको छ ।

  कोभिड–१९ को कारण निषेधाज्ञा, बन्दाबन्दीले पारेको प्रभाव र जिल्लाबाट गर्नुपर्ने सहजीकरण सम्बन्धमा स्थानीय संकट व्यवस्थापन केन्द्रले निर्णय गरी जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रमा पठाउने, कुनै व्यक्तिमा कोभिड –१९ संक्रमण पुष्टि भएको जानकारी पाएपछि संक्रमित व्यक्ति तोकिएको आइसोलेशनमा बस्नु हुन र जिल्ला स्वास्थ्य कार्यालयको सहयोग एवं समन्वयमा ट्रेसिङ  गर्ने कार्य स्थानीय तहबाट गर्ने साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य होम आइसोलेशन तथा क्वारेन्टिनमा  राख्ने र निजको घरमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सम्बन्धित वडाबाट गर्न लगाउने निर्णय  भएको छ  ।

त्यस्तै सबै नगरपालिका र गाउँपालिकाका वडा, टोल र समुदायस्तरमा वडाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, रेडक्रस, गैससका प्रतिनिधिको गठित कोरोना रोकथाम समुहलाई कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रत्रणमा सकृय रुपमा परिचालत गराउन पालिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ भने जिल्लाको बजार क्षेत्रहरुमा संचालनमा आएका खाद्यान्न पसल, रेष्टुरेन्ट, होटल, आदि उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु धेरै जनसम्पर्कमा आउने र जोखिम हुने भएकोले त्यस्ता कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पि सि आर  परीक्षण गर्ने व्यवस्था मिलाई उद्योग व्यवसाय संचालन गर्ने र यसको व्यवस्था उद्योग बाणिज्य संघले गर्ने निर्णय भएको छ ।

त्यसैगरी छिमेकी जिल्लाहरुबाट धार्मिक, सास्कृतिक,पितृ कार्यको वहानामा ठूलो संख्यामा मानिसहरु आउने क्रम रहेकोले नियन्त्रणको लागि उपत्यका लगायतका जिल्लाहरुलाई अनुरोध गर्ने सहित ९ बुँदे निर्णय र जिल्लाको बजार लाई यहि २०७७ भदौ  १९ गते देखि लागुहुने गरी बिहान ५ बजे देखि दिउसो १ बजे सम्म खोल्नदिने आन्तरिक सहमति भएको छ ।

Share48Tweet30Share8

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१८ भाद्र २०७७, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१८ भाद्र २०७७, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१८ भाद्र २०७७, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१८ भाद्र २०७७, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ भाद्र २०७७, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१८ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.