Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निषेधाज्ञा खुकुलो,बजार दिउसो ४ बजे सम्म खोल्न पाइने

जिल्ला भित्र यातायात सेवा पनि सञ्चालन गर्न दिइने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ भाद्र २०७७, बिहीबार
in समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मुलुकभर कोभिड–१९ को महामारी फैलिरहेको   अबस्थामा रामेछाप जिल्लामा पनि यहि भदौ ४ गते देखि लागु गरिएको निषेधाज्ञा शुक्रवारदेखि  केहि खुकुलो हुने भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी एबं जिल्ला संकट ब्यवस्थापन केन्द्रकी संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा बिहिवार मन्थलीमा बसेको बैठकले निषेधाज्ञालाई  खुकुलो गर्ने निर्णय गरेको हो ।

यस अघि आज राति १२  गते समाप्त हुने गरी लगाइएको निषेधाज्ञालाई  नागरिकको जनजीवन सरलीकरण गर्न आवश्यक भएकोले यहि भदौ २५ गते राति १२ बजे पछि देखि अर्को सूचना जारी नभएसम्म स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी  बिभिन्न कुराहरुमा खुकुलो गरिएको प्रजिअ शर्माले बताउनु भयो ।

आज भएको निर्णयमा सञ्चालन गर्न पाइने अन्तर्गत का सेवाहरुमा  अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु जुनसुकै बेला सम्म पनि नियमति सञ्चालन गर्न पाइने, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु,दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक  र अन्य पसलहरु दिउँसो ४ बजे सम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी स्वास्थ्यको मापदण्ड पालना गरी टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने छ भने अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिका देखि सदरमुकामसम्म मात्र यात्रु वहाक सवारी साधन पनि सञ्चालन सञ्चालन गर्न पाइने छ ,तर सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत भन्दा बढि नहुने गरी यात्रुहरु राखि उनीहरु बिच भौतिक दूरी कायम भएको हुनुपर्ने, चालक र सह–चालकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने र दैनिक रुपमा सवारी साधनलाई निसंक्रमित गरी बिहान ५ बजे देखि साझ ६ बजे सम्म   मात्र सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तैगरी जनसम्पर्क बढि हुने कार्यालयले सकेसम्म  अनलाइन सेवा,टोकन प्रणाली र तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन गर्ने,स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी र गराई उद्योग व्यवसाय सञ्चालन गर्ने साथै  र बैक, वित्तीय संस्था र सहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप अनलाइन कक्षा सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

त्यसैगरी सञ्चालन गर्न नपाइने कार्यहरुमा हाट बजारमा पसल र व्यापार सञ्चालन गर्न ,शैक्षिक संस्थाहरुखोल्न र कक्षा सञ्चालन गर्न, कुनै पनि प्रकारको मेला, महोत्सव, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जन स्थल,सैलुङ पार्लर,होटल,हेल्थ क्लब खुल्ला गर्न र खेलकुदका कार्यहरु रहेका छन । अत्यावश्यक सेवा बाहेकका बैठक, तालिम सञ्चालन गर्न पाइने छैन । त्यसैगरी दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न, जिल्लाको     सेलेघाट, खैरेनीघाट,लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ बजे देखि विहान  ५ बजे सम्म पैदल आवात जावत गर्न, सहकारी, वित्तीय संघरसंस्थाहरुले समुदायमा गई बचत संकलन गर्न,मापदण्ड विपरीत आयोजनामा कामगर्ने कामदार ओसार पसार गर्न पनि नपाइने भएको छ ।

त्यसैगरी  कोभिड–१९ बाट संक्रमित व्यक्तिको व्यवस्थापन र स्वाव पठाउनको लागि एम्बुलेन्सको अभाव हुन नदिन सबै पालिकामा तोकिएका कोभिड–१९ मैत्री एम्बुलेन्सलाई यथावत नै सञ्चालन गर्ने व्यवस्था सम्बन्धीत पालिकाले गर्ने,कोभिड–१९ को संक्रमित विरामीको व्यवस्थापनको लागि एम्बुलेन्सलाई तयारी हालतमा राख्न  आवश्यक भएकोले गेलु प्राथमिक स्वास्थ्य केन्द्रको बा २ झ ४४६२ नम्बरको एम्बुलेन्सलाई कोभिड–१९ को समय भरी सम्पूर्ण खर्च व्यवस्थापन मन्थली नगरपालिकाले गर्ने गरी नगरपालिकाकै हाता भित्र तयारी हालतमा राख्ने र  रामेछाप नगरपालिकाको बा १२ च ५५५५ नम्बरको एम्बुलेन्सलाई रामेछाप नगरपालिकाले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी  तयारी हालतमा राख्ने पनि निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माद्धारा हस्ताक्षरित सूचनामा  कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड पालना गर्ने र गराउने, सम्बन्धीत व्यक्ति, निकाय र संस्थाको कर्तव्य हुने र निषेधित सेवा तथा कार्य सञ्चालन भएमा प्रचलित कानून बमोजिम कार्वाही हुने कुराकापनि उल्लेख गरिएको छ ।

 

Share12Tweet8Share2

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

२५ भाद्र २०७७, बिहीबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

२५ भाद्र २०७७, बिहीबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

२५ भाद्र २०७७, बिहीबार
देश

२५ भाद्र २०७७, बिहीबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

२५ भाद्र २०७७, बिहीबार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

२५ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.