रामेछाप । ४० औं बिश्व खाद्य दिवसको असर पारेर कृषि ज्ञान केन्द्र रामेछापले जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार बितरण गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा एग्रो एण्ड लाइभ स्टक नेपाल प्रा लि गोकुलगंगा ३ रामेछापका राजन बहादुर लामाले उत्कृष्ठ राष्टपति प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । उहालाई समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगद रु ११०००/- सहित प्रसंसा पत्र ले पुरस्कृत गर्नु भएको हो।
दितिय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुलाई पनि प्रसंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो । सो अबसरमा बोल्दै समन्वय समितिका प्रमुख खड्काले सबैलाई पाल्ने कृषि उपज नै भएकाले यस प्रति लाग्ने सबै किसानहरुलाई उहाहरुको पेशा प्रति आत्मसम्मान गराउन सक्नुपर्ने कुरालाई जोड दिनुभयो ।
मन्थली नगरपालिकाका प्रमुख बस्नेतले नेपाल कृषि प्रधान देश भएपनि कृषियोग्य जमिन का अधिकांस ठाउहरुमा भौतिक संरचना निर्माण हुने क्रम तिब्र रहेकाले भोलिको पुस्ताले कृषि कर्म गर्ने जमिन खोज्नुपर्ने अबस्था आउने भएकोले खेति योग्य जमिनमा संरचना निर्माण गर्न नपाउने नीतिगत ब्यबस्था हुनुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कृषी पेशामा लागेर आत्मनिर्भर भई अरुलाई समेत रोजगारीको अबसर सृजना गर्ने कृषकहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि कृषिकर्ममा लाग्न अरुलाई पनि प्रेरित गर्न अनुरोध गर्नुभयो ।
दोलखा र रामेछाप जिल्ला कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र की प्रमुख निर्मला गुरुङले जिल्लामा पुरस्कृत हुनेहरुको नामावली र छनौट प्रकृयाका बारेमा वागमति प्रदेशलाई पठाउने त्याहा पनि प्रदेश स्तरीय उत्कृष्ठ कृषक छनौट हुने र त्यसपछि राष्ट्रिय स्तरको पुरस्कार बितरण हुने हुनाले जिल्लामा पुरस्कृत हुने कृषहरु मध्ये बाट नै प्रदेश र केन्द्रमा पनि पुरस्कृत हुन आफ्नो कृषि कर्मलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया