रामेछाप २४ मंङ्सिर । रामेछाप जिल्लमा रहेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको नीजि भवन बन्ने भएको छ ।
सदरमुकाम मन्थलीको वडा नं–२ मा सामुदायिक वन क्षेत्र भित्र रहेको जग्गा मध्ये ४७ रोपनी जग्गा सरकारले उपलब्ध गराएसँगै चालु आर्थिक बर्षमा काम सम्पन्न गर्ने गरी निजी भवन निर्माण कार्य थालनी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख एबं प्रहरी नायव उपरिक्षक केशवराज प्याकुरेलले सोमबार संयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको थियो ।
सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा रहेको उक्त जग्गा सशस्त्र प्रहरी बल रामेछापको नामममा लालपुर्जा समेत प्राप्त भैसकेको डि एस पी प्याकुरेलले जाकारी दिनुभयो । उहाँका अनुसार कुल १ करोड ८२ लाखाको लागतमा ६ वटा पक्की ट्रस्ट भवनहरुको चालु अर्थिक बर्ष भित्रनै निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी शिवालय सिद्धगढी जेभिले लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले भवन निर्माणका लागि आवश्यक बजेटको उपलब्ध गराएको थियो । नयाँ तथा नीजि भवन बनेसँगै सशस्त्र प्रहरी बलको कार्य सञ्चालनमा थप प्रभावकारीता र सहजता आउने पनि प्रनाउ प्याकुरेलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया