Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मर्यादित पत्रकारीतामा खडेरी–नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
२७ मंसिर २०७७, शनिबार
in समाचार, स्थानीय सरकार
0
68
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ मङ्सिर । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिक र मर्यादित पत्रकारीतामा खडेरी पर्दै गइरहेको बताउनु भएको छ । सो कुरा उहाले नेपाल पत्रकार महासंघ रामेछापको शनिवार मन्थलीमा सम्पन्न १८ औँ साधारणसभाका अवसरमा वताउनु भएको हो । पछिल्लो समयमा कतिपय सञ्चार माध्यम र सञ्चारकर्मीहरु लोभ लालचमा फस्ने गरेको पाइएको हुँदा त्यस खालको ब्यवहारबाट ब्यवसायिक र मर्यादित पत्रकारीतामा खडेरी पर्दै जान लागेकोले त्यस तर्फ सचेत रहन आम सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।


उहाले जिल्लामा रहेका पत्रकारहरुको सम्मान का खातिर नगरपालिकाले आफ्नो कार्यकाल भित्र २० लाख बराबरको अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । अक्षय कोष स्थापना गर्न प्रत्येक वर्ष पाँच लाखका दरले हालसम्म १५ लाख रकम जम्मा भैसकेको तर कानुनी समस्याका कारण कोष खडा गर्न नसकिएकोले यस बर्ष जसरी पनि उक्त कोष खडा गरेरै छाड्ने बिश्वास दिलाउनुभयो ।
कार्यक्रमका अवसरमा मन्थली नगरपालिकाले पत्रकाहरुको हक,हित र संरक्षण एबं क्षमता विकास तथा महासंघको भवन निर्माणका लागि आबश्यक सहयोग गरेको स्मरण गराउदै गुणस्तरीय पत्रकारीता गर्ने सञ्चार माध्यमहरुको पक्षमा पनि आफुले नियमित सहयोग गर्दै जान चाहेको बताउनुभयो ।


उहाँले पछिल्लो समय पत्रकारीता क्षेत्रमा पनि विकृति देखिन लागेकाले सुधारको आवश्यकता रहेको भन्दै त्यसले गर्दा पत्रकारीताको विश्वसनियतामा गिरावट आएको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले पछिल्लो समयमा अन्धाधुन्द रुपमा बढेका अमर्यादित र युटुवे पत्रकारहरुका काराण सिङ्खो पत्रकारीता जगत बदनाम भएको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवालाहरुको ध्यान जानु पर्ने बताउनुभयो ।
पत्रकारीताको सुधार बिना राज्य संयन्त्रमा परिवर्तन नदेखिने दावी गर्दै त्यसका लागि नेपाल पत्रकार महासंघ नियमित रुपमा लागिरहेको बताउनुभयो । उहाले भन्नुभयो– “बोक्ने र ठोक्ने खालका प्रवृत्तिका कारण आम संचारकर्मिहरुको वदनाम भैरहेकोले त्यसको मुक्तिकालागि पनि महासंघले पहल कदमी लिनुपर्ने कुरालाई जोड दिनुभयो ।

उहाले केन्द्रीय सरकार देखि वडा सरकार सम्मले प्रेस सल्लाहकार राख्ने परीपार्टिको विकास हुदै गएकाले यसरी राजनीतिक रुपमा गरिने नियुक्तिले स्थानीयस्तरमा हुने गरेको अनियमितता र भ्रष्टाचारहरुलाई रोक्न नसक्ने दावि पनि गर्नुभयो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमले स्थानीय स्तरमा सञ्चालित सञ्चार माध्ययमहरुको संरक्षण स्थानीय सरकारले गर्नुपर्नेकुरालाई जोड दिनुभयो । उहाले स्थानीय सरकारका सूचना तथा विज्ञापनहरु पनि एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने बताउनुभयो ।

मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे र रबिन्द्र गौतम, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, रामेछापका पूर्व अध्यक्ष नवराज पथिक,हिमाल ढुंगेल,निवर्तमान अध्यक्ष टिका प्रसाद भट्ट ,प्रेस संठन रामेछापका अध्यक्ष युनिक विफा घिसिङ,नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी लगायतले समग्र पत्रकारीताको अवस्थाका बारेमा चर्चा गर्दै यो क्षेत्रमा लागेर जिविकोपार्जन गर्न सक्ने आधार नभएकाले ब्यवसायिक पत्रकारीता गर्ने हरुको संख्या दिनानुदिन घट्दै जाने संभावना प्रति चिन्ता ब्यक्त गर्नुभयो ।
अध्यक्ष मण्डलका संयोजक टिका प्रसाद भट्टको संयोजकत्वमा भएको बन्द सत्रमा सचिव नवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको महासंघ रामेछापको आगामी कार्ययोजना सहितको सांगठानिक प्रतिवेदन र जिल्ला अध्यक्ष रमेश ढुंगेलले प्रस्तुत गर्नुभएको आर्थिक आर्थिक वर्ष २०७४÷७५,०७५÷७६,०७६÷७७ को आय ब्यय विवरण समेत सर्वसम्वतले पारित गरेको छ ।

Share27Tweet17Share5

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२७ मंसिर २०७७, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२७ मंसिर २०७७, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२७ मंसिर २०७७, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२७ मंसिर २०७७, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२७ मंसिर २०७७, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२७ मंसिर २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.